अष्ट्रेलियाको अनुवादक तथा दोभाषेहरूको राष्ट्रीय प्रत्यायन प्राधिकरण (NAATI नाती)ले अंग्रेजी भाषा बाहेकको मातृभाषा हुनेका लागी ‘माईग्रेसन’ प्रक्रियामा सहयोगी हुने खालको नयाँ भाषा परिक्षा सुरू गरेपछी नेपाली विद्यार्थीलाई सहयोग गर्न सिड्नी तथा क्यानबेरामा बसोबास गर्ने युवाहरूको संजालले अष्ट्रेलियाभर नै नेपाली भाषा सेमिनार गर्न लागेका छन्। नेपाली विद्यार्थीले नाटीले लिने अष्ट्रेलियामा मान्यता प्राप्त सामुदायिक भाषा (क्रिडेन्सियल्ड कम्युनिटी ल्यांगवेज)को परिक्षा पास गरेको खण्डमा अष्ट्रेलियाको स्थायी बसोबास पाउने प्रक्रियामा उनीहरूले ‘पाँच’ थप अंक पाउनेछन्। यतिखेर अष्ट्रेलियामा रहेका हजारौं नेपाली विद्यार्थी स्थायी बसोबास पाउन ‘पाँच’ देखी ‘१०’ अंक नपुगेर रोकिइ रहेका छन्। करोडौंको लगानी गरेर अष्ट्रेलियामा दुईवर्षको पढाई, ‘प्रोफेसनल इएर’ साथै कामको अनुभव र अंग्रेजी भाषा परिक्षामा हरेक ‘ब्याण्ड’मा आठ अंक ल्याउँदा समेत ‘पीआर’ पाउन नसकेर हरेश खाने अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू पुगेपछी नेपाली विद्यार्थीहरूलाई आवश्यक ‘माईग्रेसन प्वाइन्ट’ पुरयाउन सहयोग गर्ने हिसाबले अष्ट्रेलियाका मुख्य शहरहरूमा नेपाली भाषा सेमिनार गर्न लागेको नेपाली पेजकी म्यानेजिङ एडिटर संगिता घिमीरेले बताइन्। अष्ट्रेलियामा नेपाली युवाहरूको सहयोगी वेबसाइट ‘नेपालीपेज’ (http://nepalipage.com)  को ब्यानरमा अष्ट्रेलियाभर नै नाती परिक्षाका लागी सहयोगी हुने हिसाबले नेपाली भाषा सेमिनार गर्न लागेको छ। अष्ट्रेलियाको सबै शहरमा हुने सेमिनार नेपाली विद्यार्थी सहभागीका लागी निशुल्क हो। प्रायोजन र अनुदान मिलेको खण्डमा पुरै परिक्षा सहयोगी कक्षा नै निशुल्क चलाउने ‘नेपालीपेज’को योजना रहेको घिमिरेले बताइन्।

25EE06AB-C623-4C1D-B659-296677DB6301-300x193 क्यानबेरामा निशुल्क नाती सिसिएल नेपाली सेमिनार ।
अष्ट्रेलिया ब्यापी नेपाली भाषा सेमिनार श्रृंखलाको सुरुवात ‘नेपाली पेज’ र अष्ट्रेलियामा रहेका नेपाली युवा संजालले मंगलबार १ मेमा अष्ट्रेलियाको राजधानी क्यानबेराबाट सुरू गर्ने भएको छ। युवा संजालका संयोजक तथा सेमिनार श्रृंखलाका ‘म्यानेजिङ डाइरेक्टर’ अभिषेक अधिकारीले मंगलबाट क्यानबेरामा हुने ‘नाती सिसिएल नेपाली’ सेमिनार श्रृंखलाको सुरूवात हुने बताए। उनका अनुसार सेमिनार ‘नेपालीपेज’ र क्यानबेराको एजुकेशन तथा माईग्रेसन एजेन्सी हिमालयन बिजनेस ग्रुपसँगको सहकार्यमा हुन लागेको हो।

पछील्लो समय ‘पीआर’का लागी भन्दै हजारौं नेपाली विद्यार्थी ‘माईग्रेसन प्वाइन्ट’ पुरयाउन र ‘स्टेट स्पोन्सरसिप’का लागी भन्दै अष्ट्रेलियाका अन्य शहरहरूबाट क्यानबेरा सरेका छन्। क्यानबेरामा नै नेपाली विद्यार्थीहरूलाई ‘नाती’ तथा अष्ट्रेलियन सन्दर्भमा नेपाली भाषाको प्रयोगबारे स्पष्ट दृष्टिकोण मिलोस् भनेर निशुल्क सेमिनारको आयोजना गरेको हिमालयन बिजनेस ग्रुपका डाइरेक्टर आदर्शजंग पाण्डेले बताए। उनका अनुसार क्यानबेरामा रहेका नेपाली विद्यार्थीलाई लक्षित कार्यक्रम २५ डिक्सन प्लेस, डिक्सन क्यानबेरामा २ बजे देखी हुने छ।

Total Page Visits: 1795 - Today Page Visits: 1
Shares