बिनायक अधिकारी :- नेपाली दुताबास क्यानबेराले पत्रकार सम्मेलन आयोजना गरेको छ । अष्ट्रेलीयाभर रहेका बिभिन्न टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन समाचारमा काम गर्ने पत्रकारहरुको उपस्थितिमा बार्षिक कार्य योजना प्रस्तुत गरेको हो । पत्रकार सम्मेलनमा महामहिम लक्कि शेर्पा क्यानबेरा आए संगै भए गरेका बिभिन्न कार्यहरु र भोलिका दिनमा गर्न चाहेका र गर्नु पर्ने कार्यहरुका बिवरण प्रस्तुत भएको थीयो ।

A9FE56E7-E03C-48C8-8A08-E58EA3C9F387-300x175 महामहिम लक्की शेर्पाका एक बर्षे कार्यभार : पत्रकार सूचनाका आधार

नेपाली दुतावास उप नियोग प्रमुख दुरपदा सापकोटाले उपस्थित पत्रकारहरुलाइ आभार प्रकट गर्दै पत्रकार समाजका एेना रहेको हुनाले सदैव समाजलाइ सूचना मार्फत सुसुचित गराइराख्ने सहयोगका लागी धन्यवाद दिदै कार्यक्रममा स्वागत गरेकी थीइन । 

A9FE56E7-E03C-48C8-8A08-E58EA3C9F387-300x175 महामहिम लक्की शेर्पाका एक बर्षे कार्यभार : पत्रकार सूचनाका आधार

अष्ट्रेलीया स्थित नेपाली दुतावास क्यानबेराका लागी महामहिम का रुपमा एक बर्ष अघि आएकी लक्की शेर्पाका एक बर्ष सकिएको छ । केहि राम्रा आशाहरु देखिएका छन् र केहि हुनुपर्ने कुराहरु स्थिर छन् । 

नेपाली समाजसंग राम्रो घुलमिल गर्न सिपालु महामहिम बिदेशी समकक्षिहरु संगको सहकार्य पनि स्वागत योग्य छ । नेपाललाइ केहि राम्रा अवसरहरु सिर्जना गर्न लागी परेकी शेर्पा यो एक बर्षमा सबैभन्दा ठुलो काम नेपाली दुतावासका लागी जग्गा खरिद भएको बताएकी छन् । 

A9FE56E7-E03C-48C8-8A08-E58EA3C9F387-300x175 महामहिम लक्की शेर्पाका एक बर्षे कार्यभार : पत्रकार सूचनाका आधार

त्यस्तै नेपाल र नेपालीप्रति बिशेष मित्रता, सदभाव र आत्मियता दर्साउने अष्ट्रेलियाका साँसदहरुको उलेख्य उपस्थितिमा “अष्ट्रेलिया नेपाल साँसद समुह” (Australian Nepal Parliamentarian Group) गठन हुनु पनि एउटा मुख्य उपलब्ध भएको महामहिम शेर्पाले बताइन ।

अष्ट्रेलीयामा नेपाली बिध्यार्थीहरु आउने संख्याका आधारमा तेस्रो रहेको भए पनि आज सम्म कति बिध्यार्थी आए भन्ने तथ्यॉंकं नभएको बताइन । हामीसंग नेपालीहरुपनि कति छन् भन्ने तथ्यॉंक छैन, गृह मन्त्रालयसंग सबै तथ्यॉंक हुने तर सूचना प्रविधिसंग पहुँच नपुग्दा हामीसंग सहि सूचना हुन नसकेको बताइन । 

महामहिम शेर्पाले हामी प्रवासका रहेका हुनाले मुलुक छाडेर आएपछि सबै एउटै परिवार भएर रहन आफनो सहयोग हर संभव रहेको बताइन, उनले नेपाली समाजमा हुने धार्मिक, सांस्कृतिक र बिकास संग सम्वन्धित कार्यक्रमहरुमा आफु सकेसम्म नछुटेको र छुट्न नचाहेको जानकारि दिइन । 

बिशेष गरेर नेपाली बिध्यार्थीहरुको चाप अत्यन्तै रहेको र बिभिन्न समस्याहरुपनि आउने भएकाले ति समस्या समाधानका लागी आफु हर संभव प्रयास रहेको बताइन । नेपाली दुतावासमा पैसाको कारोबारगर्दा हुने समस्या र समाधानका बारेमा पनि नेपाल सरकार संग पहल भैरहेको कुरा लेखा शाखाका डिल्लीराम शर्माले जानकारि दिएका थीए ।

अष्ट्रेलीयाका सबै राज्यहरुमा नेपालीहरुको उपस्थिति बढ्दो रहेकाले बिभिन्न समस्या र समाधानका लागी कन्सुलर कार्यालय खोल्ने प्रयास भैरहेको कुरा पनि जानकारि दिइन । यो संगै नेपालीहरुमा बढ्दो सम्वन्ध बिच्छेदका समाधानका प्रेमा पनि प्रयास भैरहेको कुरा शेर्पाले जानकारि दिइन । 

महामहिम शेर्पाले भोलिका दिनमा नेपाली दुतावास भवन, हुण्डीको निर्मुलिकरण, बिध्यार्थीका समस्या र समाधान, मानसिक स्वास्थ्य, प्रविधिको आदानप्रदान, नेपालीलाइ दक्ष काम गर्नका लागी पहल लगाएत बिभिन्न समसामयिक कुराहरुमा आफू लागी पर्ने र यसका लागी सबै संचार क्षेत्रका साथीहरुको सहयोग आवस्यक रहेको बताइन । 

A9FE56E7-E03C-48C8-8A08-E58EA3C9F387-300x175 महामहिम लक्की शेर्पाका एक बर्षे कार्यभार : पत्रकार सूचनाका आधार

कार्यक्रममा पत्रकारहरुले राखेका बिभिन्न जिज्ञासामा महामहिम लक्कि शेर्पा, उप नियोग प्रमुख दुरपदा सापकोटा, प्रथम सचिव प्रमीता पौडेल र लेखा शाखाका डील्लीराम शर्माले जवाफ दिएका थीए । 

कार्यक्रममा डा भरत पौडेल, राजु मानन्धर, हेमन्त काफ्ले, मनऋषी धिताल, ऋषि आचार्य, चिरन्जिवि देवकोटा, नारायण खड्का, माधव गैह्रे, प्रदिप तिमीलेसीना लगाएतको उपस्थिति रहेको थीयो । कार्यक्रम समापन पश्चात नेपाली दुतावासको भवन स्थल अवलोकन गराइएको थीयो भने ओरिजिन नेपाल मा लन्चको ब्यवस्था गरिएको थीयो ।

Total Page Visits: - Today Page Visits:
Shares