बिनायक अधिकारी :- क्यानबेरा नेपलिज फुटवल क्लव (सिएनएफसि) को साधारण सभा सम्पन्न भएको छ । क्लवले गत बर्ष गरेका बिभिन्न कार्यक्रमहरुको बिवरण अध्यक्ष चुडामणी सापकोटाले प्रस्तुत गरेका थीए । क्लव फुटवल खेल्न मात्र नभइ समाजका हरेक सुख दु:खमा जोडीएको कुरा बिवरणले बताएको थीयो । नेपालमा भूकम्प जॉंदादेखि तराइमा गएको बाडीले पुर्याएको क्षतिमा पनि क्लवले सहयोग गरेको थीयो, त्यस्तै संस्कृति जगेनार्थ तिज कार्यक्रम र तिहारमा देउसी भैलो कार्यक्रम गरेको कुरा पनि अध्यक्ष सापकोटाले जानकारि दिए ।
![[Tags] 6A366144-6029-4FA2-A6ED-76B20E778265-300x225 सिएनएफसीको अध्यक्षमा नवीन दाहाल, महिला संयोजकमा संझना सापकोटा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/6A366144-6029-4FA2-A6ED-76B20E778265.jpeg?resize=300%2C225&ssl=1)
क्लवले आउदो १० जुलाइमा प्रदर्शन हुने कोहलपुर एक्सप्रेस चलचित्रका लागी सबैलाइ सहयोग गर्न आग्रह गरे । त्यस्तै २५ अगष्टमा कोमल वली लगाएतका कलाकार आउने हुनाले उक्त कार्यक्रमका लागी पनि सबैको सहयोग आवस्यक रहेको बताए ।
क्लवले गर्ने अन्य बार्षिक कार्यक्रम नेपाल एम्बेसी कप र अन्य कार्यक्रम निरन्तर हुने बताए । संस्थाको कोषको जानकारि कोषाध्यक्ष दीपेन्द्र अधिकारीले दिएका थीए ।
![[Tags] 6A366144-6029-4FA2-A6ED-76B20E778265-300x225 सिएनएफसीको अध्यक्षमा नवीन दाहाल, महिला संयोजकमा संझना सापकोटा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/BDA24D0F-3EED-4B36-850D-EB59441F30A5-300x225.jpeg?resize=300%2C225&ssl=1)
क्लवले यसै साधारण सभावाट नयॉं कार्यसमिति चयन गरेको छ । जसअनुसार अध्यक्ष नवीन दाहाल, उपाध्यक्ष दीपक हमाल, सचिव दीपेन्द्र अधिकारी कोषाध्यक्ष किरण अधिकारी र सदस्यहरुमा राहुल तामागं, बिजय महतो र शिव पौडेल रहेका छन् । त्यस्तै क्लवले कप्तानमा निराजन प्रधान र उप कप्तानमा राजन अर्याल रहेका छन् । ३५ बर्ष माथीको कप्तानमा सुरज पौडेल चयन भएका छन् । त्यस्तै फिल्ड मेनेजरमा हर्षन श्रेष्ठ र प्रविन पाख्रिन रहेका छन् । क्लवको निर्वाचन कमिटिमा प्रदीप अधिकारी र युवराज खनिया रहेका थीए ।
![[Tags] 6A366144-6029-4FA2-A6ED-76B20E778265-300x225 सिएनएफसीको अध्यक्षमा नवीन दाहाल, महिला संयोजकमा संझना सापकोटा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/3CD8EC00-7263-44D6-B8C9-939C3551120F.jpeg?resize=300%2C225&ssl=1)
क्लवले यसै साधारण सभा मार्फत महिला बिभाग पनि खडा गरेको छ । संझना सापकोटाको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा उपाध्यक्षमा आश्मा चालिसे र सदस्यहरुमा अन्जना सिम्खडा खनिया, सरला पौडेल र निर्मला लामीछाने रहेका छन् । साधारण सभामा क्लवका संस्थापक सदस्य डा दुर्गादत्त कणेंल लगाएत क्लवका शुभचिन्तक र खेलाडीहरुको उपस्थिति रहेको थीयो । क्लवले कोच र क्यानबेरा छाडेर बाहिर जाने खेलाडी सुनिलवावु चापागॉंइ, रोशन केसी र अभीनय रानालाइ मायाको चिनो प्रदान गरेको थीयो । कार्यक्रम समापन पछि सबैजना बारबिक्यूमा रमाएका थीए ।
![[Tags] 6A366144-6029-4FA2-A6ED-76B20E778265-300x225 सिएनएफसीको अध्यक्षमा नवीन दाहाल, महिला संयोजकमा संझना सापकोटा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/07/520FA576-A676-4478-BE47-BBBC8C42224E.jpeg?resize=300%2C225&ssl=1)