बिनायक अधिकारी; ५ जुलाइ २०१८ :- जन सम्पर्क समिति (जेएसएस) क्यानबेरा/क्विनबियनले एक महिने रक्तदानको तेस्रो तथा अन्तिम कार्यक्रम यहि ऑंउदो जुलाइ २५ बुधवारका दिन हुने जनाएको छ । मेरो कपुरि क संगको भेटमा संस्थाका अध्यक्ष अशोक सुबेदिले रक्तदानमा जोडीनुभएका सबै सदस्यहरुलाइ धन्यवाद दिदै अव हुने रक्तदान कार्यक्रमका लागी पनि धेरै जनाले माया र चासो ब्यक्त गर्नुभएकोले कार्यक्रम गर्न लागेको जानकारि दिए । धेरैजना रक्तदान दिन सोधिरहनु भएको छ, हामीलाइ पनि यस्ता सामाजिक कार्यक्रम सफल हुदा थप उर्जा प्रदान गरेको छ त्यसैले निकट भबिष्यमा अन्य समाजलाइ प्रत्यक्ष सहयोग हुने कार्यक्रम लिएर ऑंउदै छौं सुबेदिले थपे ।
एक महिने रक्तदान कार्यक्रमका लागी ३० जना भन्दा बढिले रक्तदान गरिसकेको र जुलाइ २५ का दिन पनि धेरैजना आउन चाहेको जानकारि अध्यक्ष सुबेदिले दिए । रक्तदान गर्न चाहनु हुने महानुभावहरुले संस्थाका अध्यक्ष अशोक सुबेदि, सदस्य ललित मल्ल वाँ गणेश खरेललाइ सम्पर्क गर्न सिकने जानकारि सुबेदिले दिए। कार्यक्रमको जानकारि तल दिइएको छ ।
मिति : २५ जुलाइ २०१८
स्थान : रेडक्रस ब्लड बैंक, ग्यारहन
समय : ९-४ बजे सम्म
रक्तदानका लागी आवस्यक परेमा अशोक सुबेदि : 0450 030 027 , ललित मल्ल 0450270489 र गणेश खरेल +61 425 432 459 लाइ सम्पर्क गर्न अनुरोध गरेको छ ।