बिनायक अधिकारी :- नेपाली चाडपर्वहरुको समय नजिकिदै जॉंदा अष्ट्रेलियामा पनि चहलपहल बढेको छ । नेपालीहरुको घनत्व बाक्लिदै जॉंदा नेपाली चाडपर्व र कलाकारहरुले पनि बिदेशमा राम्रो स्थान पॉंउदै आएका छन् । हिन्दु महिलाहरुको बिशेष चाड तिज नजिकिंदो छ यो संगै बिभिन्न संघसंस्थाहरुले फरक फरक कलाकार ल्याएर कार्यक्रम गर्ने क्रम पनि बढेको छ । 

बिगत बर्षहरुमा एउटा मात्रै तिज कार्यक्रम हुने क्यानबेरा यसपाली भने फरक ३ कार्यक्रम हुने भएका छन् । जसमा पहिलो तिज कार्यक्रम हिमालयन बिजनेस ग्रुपको प्रायोजनमा गौलि इभेन्ट्स एण्ड म्यानेजमेन्टले गरेको छ । पशुपति शर्मा, सन्तु थापा, मन्जु पौडेल र देवि घर्ति जस्ता चर्चित गायक गायिका रहेको कार्यक्रमको प्रवेश शुल्क भने $५ मात्रै रहेको छ । कार्यक्रममा प्रत्यक्ष गीतका अलवा खाना स्टल, डिजे, फोटोग्राफी र फेस पेन्टिंगको पनि ब्यवस्था गरिएको कुरा आयोजक निरज गौलीले बताए । कार्यक्रममा नेपालवाट आउनु भएका बुवा आमा र १० बर्ष भन्दा साना बालबालिकाहरुका लागी निःशुल्क प्रवेशको ब्यवस्था गरेको जानकारि आयोजक राजु अधिकारीले दिए । 

कार्यक्रमलाइ जेबि एजुकेशन एण्ड माइग्रेसन, टिडब्लुजिजि प्लाटिनम स्पोन्सर गरेका छन् भने एभरेष्ट ट्राभलले ट्राभल पार्टनरमा सहयोगी बनेको छ त्यस्तै एडभान्स कलेज अफ हेल्थ र मोर्गरेट चोइस स्पोन्सरका रुपमा रहेका छन् । कार्यक्रममा फोटोग्राफिको जिम्मा क्रितन फोटोग्राफिले लिएको छ भने मीडीया पार्टनरको रुपमा मेरो कपुरि क रहेको छ ।

Total Page Visits: 1618 - Today Page Visits: 2
Shares