बिनायक अधिकारी :- हिमालयन बिजनेस ग्रुपद्वारा प्रायोजित तथा गौलि इभेन्ट्स एण्ड म्यानेजमेन्ट (जेम) द्वारा आयोजित जित कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । हलभरि खचाखच महिला दर्शकका अघि गायक द्वय पशुपति शर्मा र शन्तु थापा तथा गायीकाहरु मन्जु पौडेल र देबि घर्ती कम्ता खुसी देखिएनन । 

29FDFD39-D58D-4C15-99AA-9875E4EF7833-300x169 क्यानबेराका महिलालाइ गायक पशुपति शर्माले नचाए छमछमी ।

देबि घर्ती स्टेजमा आइन र बजाइदेउ मादलु खरि झरे झर्ला गीतबाट मज्जाले दर्शक नचाइन । धेरै समय नाच्न नपाएर बसेका महिला दिदि बहिनिहरुपनि मज्जैले कम्मर भॉंचे। त्यसैगरि सन्तु थापा आए र फेरि दर्शक नचाए । मेरो नेपाल हामी नेपाली भन्दै स्टेज आएका गायक थापाले पनि नचाउन छोडेनन उनले गाइरहे दर्शक नाचि रहे । 

29FDFD39-D58D-4C15-99AA-9875E4EF7833-300x169 क्यानबेराका महिलालाइ गायक पशुपति शर्माले नचाए छमछमी ।

सुन्दरता संगै मीठो स्वरकी धनि गायिका मन्जु पौडेलले क्यानबेराको पुरानो कार्यक्रममा आउदाका साथीहरु संझदै गीत सुरु गरिन र नचाइरहिन दर्शक । संझना ऑंउछ माइक्रो देश गीत गॉंउदै गर्दा दर्शक केहि भावुक बनेर नाचेका देखिन्थे ।

मेरो मॉंया बसेको ठॉंउमा बत्ति बाल्नु पर्दैन त्यो गॉंउमा भन्दै पशुपति शर्मा स्टेज प्रवेश गरे र नचाइरहे दर्शक । गॉंउदा र संगै नाच्दा थाकेर पुरै पसिनाले भीजेका गायकले पालै पालो आफना लोकप्रिय गीतले दर्शक नचाइरहे । पहेंलपुरे फुल राम्रो चोरिको माया राम्री क्यानबेरा भरिको भन्दै गीत गाइरहदा दर्शकको नाचले उनी गीत गाउन झनै उक्सीरहेका देखिन्थे । त्यस्तै चारै गायक गायीका मीलेर लौरि हरायो मेरो छाता हरायो भन्दै दर्शक नचाइरहे ।

29FDFD39-D58D-4C15-99AA-9875E4EF7833-300x169 क्यानबेराका महिलालाइ गायक पशुपति शर्माले नचाए छमछमी ।

कार्यक्रममा स्थानिय बहिनिहरु स्वेच्छा देवकोटा, प्रसुना दवाडी, ओजस्वि पन्त, प्रकृति र प्रिति बिष्टले नृत्य गरेका थीए भने गायीका आयुष्का खनियाले आफनो नयॉं गीत गायकी थीइन । कार्यक्रममा गौली इभेन्ट्सका राजु अधिकारीले मुख्य प्रायोजक हिमालयन बिजनेस ग्रुप, मुख्य सह प्रायोजक जेबि एजुकेशन एण्ड माइग्रेसन, टिडब्लुजिजि र प्रायोजकहरु मेर्टगेज चोइस, एडभान्स कलेज अफ हेल्थ, एभरेष्ट ट्राभल एण्ड टुर्स र फोटोग्राफि पार्टनर क्रितन फोटोग्राफी तथा मीडीया पार्टनर मेरोकपुरिक डट कमलाइ धन्यवाद दिएका थीए । दर्शकहरुको उल्लेख्य उपस्थिले गर्दा आयोजकहरु निरज गौली, खुश्वु न्यौपाने सुस्मा न्यौपाने खुसी देखिन्थे । कार्यक्रम संचालन बिनायक अधिकारी र शान्ति पौडेलले गरेका थीए ।

29FDFD39-D58D-4C15-99AA-9875E4EF7833-300x169 क्यानबेराका महिलालाइ गायक पशुपति शर्माले नचाए छमछमी । 29FDFD39-D58D-4C15-99AA-9875E4EF7833-300x169 क्यानबेराका महिलालाइ गायक पशुपति शर्माले नचाए छमछमी ।

जेम इभेन्ट्सले ब्यवस्थित रुपमा गरेको कार्यक्रममा म:म, छोइला चिउरा देखि पानिपुरिसम्मका स्टल राखिएको हलमा पेय पदार्थ पनि राखिएको थीयो भने सुरक्षाको मध्यनजर गर्दै सेक्युरिटिको पनि ब्यवस्था गरेको थीयो ।

29FDFD39-D58D-4C15-99AA-9875E4EF7833-300x169 क्यानबेराका महिलालाइ गायक पशुपति शर्माले नचाए छमछमी ।

Total Page Visits: 1695 - Today Page Visits: 1
Shares