बिनायक अधिकारी :- प्रवासमा रहेर फुटवल खेल मार्फत नेपाली दाजुभाइहरुलाइ एउटै मैदानमा गोलबद्ध गर्दै आएको क्यानबेरा नेपलिज फुटवल क्लवले बार्षिक रुपमा गर्दै आएको तिज कार्यक्रम गर्ने भएको छ । तिज बिशेष गरि दाजु भाइहरुले दिदि बहिनिहरुलाइ लिन जाने र माइति ल्याइ रमाइलो गर्ने चाड पनि हो । त्यसैले क्लवले एकै ठॉंउमा जम्मा भएर रमाइलो गर्न एबिम होम्स तिज मेलामा क्यानबेरा र क्विनबियन क्षेत्रका सबै नेपाली परिवारलाइ उपस्थितिका लागी आग्रह गरेको छ ।
कार्यक्रमका लागी क्लवले नेपाली चर्चित गायीका कोमल वली, तेजेश रेग्मी, शान्तिश्री परियार र अष्ट्रेलिया कर्मथलो बनाएर नेपाली गीत संगीतको जगेर्नाथ लागीपरेका चर्चित गायक समीर आचार्य आउने भएका छन् । त्यस्तै क्यानबेराकै स्थानिय गायीका आयुष्का खनिया र दुर्गा सुवेदिले आफनो जादुमयी स्वर भर्नेछन् भने संझना सापकोटा लगाएत अन्य थुप्रै कलाकारहरुको नृत्य देख्न सकिने कुरा आयोजक सदस्य संझना सापकोटाले कपुरि कलाइ बताएकी हुन ।
कार्यक्रम २५ अगष्ट सनिवारका दिन मेलरोज हाइस्कुलको हलमा बेलुका ५ बजेदेखि १० बजेसम्म हुनेछ भने प्रतिब्यक्ति $२० टिकट लाग्नेछ जसमा १० बर्ष देखि १८ बर्ष सम्मका र नेपालवाट घुम्न आउनु भएका बुवा आमाहरुका लागी $१० तोकिएको छ । कार्यक्रम स्थलमा बिभिन्न खानेकुराका स्टलहरु र बालवालिकाहरुका लागी बिशेष खानेकुराको ब्यवस्था गरिएको छ भने संगीत बन्द नभैकन लगातार बजिरहने छ । टिकटका लागी सम्पर्क गर्नका लागी तल ब्यानरमा भएका नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
![[Tags] EE39B01E-0319-45A1-ADC9-2A2F52754CC6-167x300 सिएनएफसीको तिज कार्यक्रममा कोमल ओली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/EE39B01E-0319-45A1-ADC9-2A2F52754CC6-167x300.jpeg?resize=167%2C300&ssl=1)
![[Tags] EE39B01E-0319-45A1-ADC9-2A2F52754CC6-167x300 सिएनएफसीको तिज कार्यक्रममा कोमल ओली ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/CCA78519-DE83-47D0-A921-57BF62F44274-212x300.jpeg?resize=212%2C300&ssl=1)