बिनायक अधिकारी : हातमा पुस्तक लिएर बच्चाहरु ऑंउछन् र कक्षामा बस्छन् अनि सुरु हुन्छ राष्ट्रिय गान । अष्ट्रेलियाको राष्ट्रिय गान सकेपछि सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्दै शिक्षिका संगै गॉंउछन्, हल गुन्जायमान हुन्छ नेपाल गुन्जन्छ ।
४० जना बच्चाहरु बसेको कक्षामा सबैलाइ शान्त राखेर पढाउन पक्कै सजिलो छैन तर कसरि सबैलाइ कक्षाको वातावरणमा राख्ने भनेर शिक्षिका रचना कंडेललाइ भ्याइ नभ्याइ छ । हाल एएनएफएसकै सदस्य शोभा चापागॉंइले सघाइरहेकी छिन । तर बिध्यार्थी धेरै भएका कारणले दोस्रो शिक्षकको खोजि भैरहेको र इच्छा हुनेले एएनएफएसको इमेल info@anfscanberra.org.au मा निवेदन दिन एएनएफएसका कोषाध्यक्ष कृष्ण सुबेदिले आग्रह गरे ।
![[Tags] 5DAD1BBA-0515-4E61-95A4-4600341D85FF-300x200 क्यानबेरामा पाठशालाको भब्य सुरुवात ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/5DAD1BBA-0515-4E61-95A4-4600341D85FF.jpeg?resize=300%2C200&ssl=1)
शिक्षिकाले अघिल्लो कक्षाको रिव्यू गर्दै क देखि ङ सम्म र १ देखि ५ सम्म तालि बजॉंउदै सिकाउदैं रमाइलो वातावरणमा कक्षा चलॉंउदै छिन तर साना बच्चाहरु न हुन कोहि कुखुरि कॉं गॉंउदै थीए भने कोहि पुस्तक तिरै टोलॉंउदै थिए ।
तिनमहिनाको $५० शुल्क लिएर सुरु गरिएको पाठशालामा बालबालिकालाइ जुस र बिस्कुट दिने गरिएको छ भने अभीभावकहरुका लागी चियाको ब्यवस्था रहेको छ । यो सबै अभीभावकहरुले सहयोग गर्नुहुन्छ हामीले खासै किनेका छैनौं । पाठशालाका संयोजक बिनोदराज घिमिरेले बताए । अझै अभीभावकका लागी योगा कक्षाको पनि ब्यवस्था गरिएको छ उनले थपे । डा बिनोद नेपाल योगा कक्षा सिकाउदै थिए र अभीभावकहरु सिक्दै ।
![[Tags] 5DAD1BBA-0515-4E61-95A4-4600341D85FF-300x200 क्यानबेरामा पाठशालाको भब्य सुरुवात ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/30DF93A5-7304-4288-8B2F-7A14D248C79B.jpeg?resize=300%2C225&ssl=1)
बाल वालिकाहरुलाइ नेपाली गीत, कथा र अन्य तवरवाट शब्द बढाउने प्रयास भइरहेको थीयो भने यूट्यूब वाट नेपाली राइम मार्फत बिभिन्न फरक कुरा सिकाउन प्रोजेक्टरलाइ कम्प्यूटरमा जोड्दै थीए प्रिन्सीपल अनन्त ज्ञवाली ।
बच्चाहरु बढ्दै गएर सबैकुरा राम्रो भएको खण्डमा साउथ क्षेत्र तिर पनि शाखा खोल्ने कुरामा आफु सकारात्मक रहेको कुरा एएनएफएसका अध्यक्ष जीवन रानाले बताए, अहिले केहि समय यसैमा हेरौ बिध्यार्थी पुगेको खण्डमा र पाठशालाको जिम्मा लिन सक्ने ब्यक्ति भएमा निकट भबिष्यमा उडन, टग्रनन र बरिपरि क्षेत्र मील्ने गरि शाखा खोल्न सकिने कुरा अध्यक्ष रानाले बताए । हाम्रो मुख्य चाहना संस्कार सिकाउने रहेको हुनाले नेपाली भाषा संगै नेपाली चाडपर्व र संस्कारको पनि ज्ञान दिन जरुरि छ जीवन रानाले थपे ।
![[Tags] 5DAD1BBA-0515-4E61-95A4-4600341D85FF-300x200 क्यानबेरामा पाठशालाको भब्य सुरुवात ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/9EE00A58-9864-4EE8-809C-FBD16FB3F09E.jpeg?resize=300%2C166&ssl=1)
बच्चाले धरमा गएर गुरुवुवा र गुरुआमा भन्न सुरु गरेर आफू खुसी रहेको अभीभावक सुस्मा न्यौपानेले बताइन । भर्खरै सुरु भएको छ केहि पक्कै सिक्लान भन्ने आशा छ प्रकाश श्रेष्ठले थपे ।
बालबालिकाहरुलाइ सेमेष्टर सकिएपछि बारबिक्यू गर्ने र अन्य रमाइलो गरेर फेरि पाठशाला फर्किने वातावरण बनाउने योजना रहेको कुरा जन सम्पर्क अधिकृत खुश्वु न्यौपाने र बिनोदराज ज्ञवालीले एकै स्वरमा थपे । हामीहरुलाइ अभीभावकहरुको बिश्वासले ठुलो उर्जा थपेको छ ४० जना बालवालिकाहरु भर्ना भा सके र ६/७ जनाले फर्म लानुभएको छ सायद अव छिट्टै ५० जना पुग्नेछन् कोषाध्यक्ष कृष्ण सुबेदिले थपे ।
फोटो : प्रविन कुमार गुरुगं