बिनायक अधिकारी :- क्यानबेराको पुरानो संस्था अष्ट्रेलियन नेपलिज फ्रेण्डशिप सोसाइटीले तिजको कार्यक्रम गर्ने भएको छ । अन्य संघ संस्थाहरुले नेपालवाट गायक/गायीकाहरु ल्याएर कार्यक्रम गर्ने प्रचलन भन्दा भीन्न रहेर संस्थाले आफनै स्थानिय प्रतिभाहरुलाइ स्थान दिने र सबै मीलेर प्रत्यक्ष गीत गाउने जस गर्दा मौलिकता जोगाउन सहयोग हुने कुरा अध्यक्ष जीवन रानाले बताए । साथै आफनै हातले बनाएका नेपाली परिकारहरु पनि चखाउने भएको छ । संस्थाले सबैकुरामा नेपाली पन झल्काउन सक्दो प्रयास रहेको बताएको छ ।

संस्थाले नयॉं योजना ल्याएको छ जसमा सबै उपस्थित महिलाहरुलाइ उपहार दिने योजना छ भने बालवालिकाहरुका लागी पनि उपहार दिने ब्यवस्था गरेको कुरा संस्थाका अध्यक्ष  रानाले बताए । मल्टि डाइनामिक द्वारा प्रायोजित कार्यक्रममा स्थानिय कलाकार सहित डिजेको पनिब्यवस्था रहेको छ भने कार्यक्रममा टिकट बिक्रिवाट संकलित रकम भर्खरै संचालनमा आएको पाठशालाका लागी प्रदान गरिनेछ । 

 कार्यक्रम १ सेन्टेम्वर २०१८ का दिन बेलुका ५:३० देखि हुनेछ भने स्थान बेष्टर्न नेवरहुड हल बेष्टनक्रिकमा रहेको छ । कार्यक्रममा प्रवेश गर्नका लागी संस्थाका सदस्यहरुका लागी $२५ र सदस्य नभएका हरुका लागी $३० तोकिएको छ । जसमा अनट्रे, डिनर र डिजर्टको ब्यवस्था गरिएको छ ।

F72CFF32-D3EF-4A35-AFDD-CA9FAC3076E3-300x300 एएनएफएस तिजमा सबैलाइ उपहार ।

Total Page Visits: 1559 - Today Page Visits: 1
Shares