मेरो कपुरि क सम्वाददाता : २०५ औं भानु जयन्ति तथा नेपाली बरिष्ठ साहित्यकार तथा संचारकर्मी डा नवराज लम्साल संगको साक्षात्कार कार्यक्रममा क्यानबेरा बासीले साहित्य मार्फत देस दुखेको कुरा सुनाए । क्यानबेराका स्थानिय दश जना कवि तथा कवयित्रीहरु काशी भुषाल, महता चापागॉंइ, चन्द्र तिवारि, डा शकुन्तला देवकोटा, भेष देवकोटा, बिनायक अधिकारी, भीम न्यौपाने, बिक्रम सुबेदि र निश्चल चापागॉंइले बिभिन्न परिवेश र समयका कविता सुनाएका थीए । कविहरुले आफना कविताहरु भनिरहँदा प्रमुख अतिथी डा नवराज लम्सालले प्रेमपूर्वक कविता सुने र भने तपॉंइहरु संग कविताको जग छ केहि ढुंगा र माटो मीलाउने हो । देश बाहिर रहेर पनि नेपाली साहित्यको लगाव प्रति आफु साच्चै खुसी रहेको कुरा डा लम्सालले बताए । कार्यक्रममा एनआरएनए एसीटिका उपाध्यक्ष अशोक बस्नेत, सचिव बावुराम पौडेल, एएनएफएस का अध्यक्ष जीवन राना, जेएसएस क्यानबेराका सभापति अशोक सुबेदि, चुडामणी सापकोटा, सुरज पौडेल र अन्य थुप्रै साहित्यप्रेमीहरुको उपस्थिति रहेको थीयो
![[Tags] 21C80B26-A0E7-4B2E-939F-8F995B76AC66-300x200 क्यानबेराबासीले डा नवराज लम्सालसंगै देशको माया पठाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/21C80B26-A0E7-4B2E-939F-8F995B76AC66.jpeg?resize=300%2C200&ssl=1)
कार्यक्रममा जिएस पौडेल द्वारा लिखित पुस्तक एक सर्को मॉंयाको अष्ट्रेलिया लोकार्पण गरिएको थीयो । पुस्तक लोकार्पण प्रमुख अतिथी डा नवराज लम्सालले गरेका थीए । पुस्तकका बारेमा बिक्रम सुबेदिले चर्चा गरेका थीए । एनआरएनए अष्ट्रेलियाका सल्लाहकार डा सिताराम घिमिरे, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एसीटिका संयोजक राजन ढुंगेल र अनेसास एसीटि च्याप्टरका अध्यक्ष डा शकुन्तला देवकोटाले डा नवराज लम्साललाइ मॉंयाको चिनो प्रदान गरेका थीए ।कार्यक्रमको अन्तिम चरणमा डा नवराज लम्सालले आफना जीवनका भोगाइहरु, बिभिन्न समयका बिशेष कविताहरु र कविता लेखनका ज्ञानहरुको जानकारि दिएका थिए । क्यानबेराबासी डा लम्सालका कवितामा मन्त्रमुग्ध बनेका थीए । रेडियो नेपालका कार्यक्रम निर्देशक डा लम्सालको स्वर साच्चै लोभ लाग्दो छ त्यहि स्वरका कारण डा लम्साल चर्चित छन् । साथै उनका लोकप्रिय गीतहरु र कर्ण, धरा र क्रमश : एक्लै-एक्लै पुस्तक चर्चित छन् ।
![[Tags] 21C80B26-A0E7-4B2E-939F-8F995B76AC66-300x200 क्यानबेराबासीले डा नवराज लम्सालसंगै देशको माया पठाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/CC63D603-4558-4542-8C70-719E4BC5E43D.jpeg?resize=300%2C200&ssl=1)
कार्यक्रममा खानाको ब्यवस्था गरिएको थियो भने कार्यक्रम हंग्री बुद्ध फेररमा भएको थीयो । कार्यक्रम सफल बनाउन जेबि एजुकेशन एण्ड माइग्रेसन (बिक्रम सुबेदि), हिमालयन बिजनेस ग्रुप (आदर्शजंग पाण्डे/मन तामागं), गौली इभेन्ट्स( निरज गौली) टिडब्लुजीजी (राजु अधिकारी), एसएण्डएस एकाउन्टिगं एण्ड बिजनेस(चुडामणी सापकोटा), एभरेष्ट बिजनेस कन्सल्ट्यान्ट्स (संजय घिमिरे), ब्रिम्टा एजुकेशन(सुमन भट्टराइ) ले आर्थिक सहयोग गरेका थीए भने भरिया ग्रुपले प्राविधिक सहयोग गरेको थीयो त्यस्तै काठमाडौं ट्राभल ( चन्द्र तिवारी) पनि कार्यक्रमलाइ सहयोग गरेको थीयो भने मिडिया पार्टनरमा मेरो कपुरि क रहेको थीयो । कार्यक्रममा फोटोग्राफि सहयोग प्रकाश श्रेष्ठले गरेका थीए कार्यक्रम २३ अगष्ट बिहिवारका दिन हंग्री बुद्ध फेररमाभएको थीयो भने कार्यक्रम संचालन संस्थाका महासचिव बिनायक अधिकारीले गरेका थीए ।
फोटो : प्रकाश श्रेष्ठ
![[Tags] 21C80B26-A0E7-4B2E-939F-8F995B76AC66-300x200 क्यानबेराबासीले डा नवराज लम्सालसंगै देशको माया पठाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/86A4EE18-B424-49F5-BFEE-F823BEC5B2B3.jpeg?resize=300%2C200&ssl=1)
![[Tags] 21C80B26-A0E7-4B2E-939F-8F995B76AC66-300x200 क्यानबेराबासीले डा नवराज लम्सालसंगै देशको माया पठाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/DF961B89-40A7-4B22-B71F-648645CE0661.jpeg?resize=300%2C200&ssl=1)
![[Tags] 21C80B26-A0E7-4B2E-939F-8F995B76AC66-300x200 क्यानबेराबासीले डा नवराज लम्सालसंगै देशको माया पठाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/4DBFDD9F-9969-4B40-8955-B6E0E31EABA8.jpeg?resize=300%2C200&ssl=1)
![[Tags] 21C80B26-A0E7-4B2E-939F-8F995B76AC66-300x200 क्यानबेराबासीले डा नवराज लम्सालसंगै देशको माया पठाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/DB506ADD-B9D6-48B5-A77B-EB4708862ACC-300x225.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] 21C80B26-A0E7-4B2E-939F-8F995B76AC66-300x200 क्यानबेराबासीले डा नवराज लम्सालसंगै देशको माया पठाए ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/6E754D0B-B19C-4A99-B9DC-C2C19D72C65F.jpeg?resize=300%2C200&ssl=1)