अनिता भण्डारी (पौडेल )
काठमाडौँ , नंया बानेश्वर
आँखा तरेर नजाऊ भन्छ ऊ मलाई
टाढा सरेर नजाऊ भन्छ ऊ मलाई
सँगसंगै बसुँ भने अफ्ट्यारो लाग्छ
माया गरेर नजाऊ भन्छ ऊ मलाई
जान मन त कहाँ थियो र यत्तिकै
प्रित छरेर नजाऊ भन्छ ऊ मलाई
समय थियो जून चाहेर पनि नहुने
याद भरेर नजाऊ भन्छ ऊ मलाई
केही गरेर देखाऊ यंहा जन्मिएपछी
व्यर्थै मरेर नजाऊ भन्छ ऊ मलाई
Total Page Visits: 940 - Today Page Visits: 1