IMG_8539-150x150 “प्रणय दिवसमा तिमी र म” : कविता

प्रणय दिवसमा तिमी र म

IMG_8539-150x150 “प्रणय दिवसमा तिमी र म” : कविता

अनिता भण्डारी (पौडेल )
नंया बानेश्वर , काठमाडौँ

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

एउटा हातमा रातो गुलाब बोकेर

पत्र पत्र ति गुलाबका पत्र झैं

तिम्रा लागी साँचेका मायाका पत्रहरु उघार्दै

पल्टाउदै जाऊ म भित्र संगालिएका यादरुलाई

 

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

प्रेमको प्रस्ताब राखेर

मनभरी मायाको पोको बोकेर

म तिम्रै हुँ बारम्बार भनिरहनु पर्दैन प्रिय

म तिमी देखि न कहिल्यै टाढा थिए

अब टाढा हुन सक्छु

 

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

चकलेटी स्वादमा मायाको मिठास बोकेर

बर्षौंदेखी गुम्सिएका कल्पनाहरुलाई

एक एक गरि स्वादिलो बनाऊ यथार्थमा

तन मन मुटुले स्वाद महसुश गर्नेगरी

 

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

तिमीले दिन खोजीएका र नसकेका उपहारहरु

तिमीले जस्तै संगाल्छु अनि खेल्छु

बचपनमा खेलेजस्तै मिठा मिठा यादहरु बटुलेर

 

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

बर्षौ पहिले तिमीले गरेका बाचाहरुलाई

आज बर्षौ पछी पुरा गरौँ तिमी र म दुवै मिली

यथार्थ जीवनको गोरेटोमा

 

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

धेरै दिन देखि धड्किरहेको यो मुटुलाई

अंगालोमा कसेर शान्त गरौ

एकान्तमा सबै बिर्सिएर

 

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

मेरा बोलिरहेका आँखाहरुलाई

तिम्रा ओठका स्पर्शले चुप गराउदै

चुमिदेउ देउ प्रिय

भुल्न देउ मलाई सारा संसार

तिमीमै लिप्त बनाएर

 

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

त्यो बैचेन दिल त्यो छटपट्टीलाई

शान्त गराऊ राधा कृष्ण झैँ

एक अर्कामा समर्पित भएर

प्रेमका मिठा मिठा गीत गाउदै

प्रणय शुत्रमा बाँधिएर

आऊ मेरो सामिप्यमा आऊ प्रिय

म तिम्रै लागी हुँ, तिमी मेरै लागी हौ ।

Total Page Visits: - Today Page Visits:
Shares