IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।गजल मुशायरा परिबारद्वारा आयोजित गजल मुशायरा मेलवर्नको पहिलो संस्करण भब्य रुपमा सम्पन्न भएको छ । मेलवर्नका लागी नेपाली महाबाणीज्यदूत निराजन गौलीले कार्यक्रमको अघिल्लो दिन २ मे शुक्रबार सॉंझ महाबाणीज्यदूतको कार्यालयमा भेटघाट कार्यक्रम गर्दै सबै गजलकारहरुलाइ स्वागत गर्नुभएको थियो । उहॉंले साहित्यिक ब्यक्तिहरुलाइ स्वागत गर्न पॉंउदा र यस्ता कार्यक्रमसंग जोडीन पॉंउदा खुली लागेको बताउनुभएको थियो ।

गजल मुशायरा सुरु भएको ११ औं बर्षको संस्करण अष्ट्रेलियाको मेलवर्नमा सम्पन्न भएको छ । सिड्नीमा ८ वटा सफल श्रृंखलाहरू, ब्रिसबेनमा दुइवटा, एडिलेडमा यौटा, अल्बेरीमा यौटा भव्य संस्करणहरू र नेपाल(नुवाकोट) र मलेशियामा दूई संस्करण सहित ११ बर्षको बिशेष १५ औं  संस्करण अष्ट्रेलियाको शहर मेलवर्नमा भब्य रुपमा सम्पन्न  भएको हो । कार्यक्रम मे ३ तारिख सनिबारका  दिन अपरान्ह १ बजेदेखि saino function centre 495 lygon st Brunswick Melbourne मा सम्पन्न भएको हो ।
IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

गजलको एउटा सम्पूर्ण कार्यक्रम गजल मुशायरामा यसपटक भने २३ जना गजलकारहरुको ४६ गजल वाचन गर्नुभएको थियो । सुनिल खड्काले आफनो मिठो स्वरमा मन्त्र मुग्ध पार्ने गरि गजलहरु सुनाउनुभएको थियो । गजल मुशायराको मेलवर्न १५ औं विशेष श्रृंखला रहेको छ । गजल मुशायरा २०२५ मा सहभागीहुने गजलकारहरुमा  सिड्नीबाट जितेन्द्र मल्ल, बिनायक अधिकारी, महेश्वर शर्मा, राहुल अर्याल, मानस राज, न्यूक्यासलबाट इश्वर पौडेल, ब्रिसबेनबाट केशव शर्मा, ओमकार अधिकारी, र कृष्ण समर्पण, अल्बेरीबाट दुर्गाप्रसाद रिमाल र रिमेन आलोक र मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, सुशील शर्मा सापकोटा, रमेश अधिकारी, कल्याण अधिकारी, अशोक दवाडी, कल्पना अधिकारी भण्डारी, झगेन धिमाल, प्रेम भुषाल, प्रिसुइन्स रेग्मी, पि. डि. सापकोटा, पार्वती पहारी र सन्तोषी लामीछानेले आफनो स्तरिय गजल वाचन गर्नुभएको थियो ।

IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

कार्यक्रममा गजल बाचनको अतिरिक्त अशुं महरा, वनिता केसी र अग्रता नेपालले आफनो नृत्य कौशल प्रस्तुत गर्नुभएको थियो । आफनो मिठो स्वर र सब्दहरुले कार्यक्रम संचालन गर्दै बासुदेव मरहट्टाले कार्यक्रम थप चलाएमान बनाउनुभएको थियो ।

गजल मुशायरा मेलवर्नका संयोजक लक्ष्मण सन्जेलको भनाइ यस्तो थियो ।  मेलबर्नमा नेपाली साहित्यको एक बृहत् कार्यक्रम गर्ने मेरो प्रयास लामो समयदेखि रहँदै आएको थियो। परिणामस्वरूप, म आफैँ पनि गजल लेख्न र सुनाउन रुचाउने भएकाले, गजल मुशायराको यसपटकको संस्करण मेलबर्नमै गर्ने प्रयत्न गरेका हौं । कार्यक्रम सोचेभन्दा भब्य रह्यो । यसरि भब्य हुन सहयोग गर्ने संघ संस्था र ब्यक्तिहरुलाइ सन्जेलले बिशेष धन्यवाद पनि दिनुभएको छ । सन्जेलले मेलबर्नमा रहनुभएका अग्रज तथा नयाँ सर्जकहरूलाई सिर्जनशील बनाउने एक सानो प्रयास पनि यस कार्यक्रममार्फत् गर्न चाहना रहेको र यो पुरा भएको कुरा “मेरो कपुरी क” को प्रत्यक्ष भेटमा बताउनुभएको हो ।

कार्यक्रममा पहिलो पटक गजल मुशायरा सम्मान प्रदान गरिएको थियो । गजल मुशायराका लागी ब्रिशवेनमा दुइवटा गजल मुशायरा सम्पन्न गर्नुभएको र हरेक मुशायराका लागी उहॉंको प्रत्यक्ष र परोक्ष सहयोग गर्दै मुशायरा परिवारका लागी एउटा अभिभावक को भूमिका निर्बाह गरिरहनु भएका कारणले ब्रिसबेन निबासी डा केशव शर्मालाइ नगद, सम्मान पत्र र दोशल्ला ओढाइ सम्मान गरिएको हो ।

यो कार्यक्रम कुनै व्यावसायिक उद्देश्यले नभई विशुद्ध नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य रहेको र जसको निम्ति हामी ‘मुशायरा परिवार’ निरन्तर क्रियाशील रहेको कुरा संयोजक सन्जेलले बताउनुभएको छ । गजल मुशायरा कार्यक्रम पश्चात मेलवर्नका अन्य साहित्यिक मनहरुलाइ जोड्ने प्रयास स्वरुप NAV संगको सहकार्यमा साहित्यिक कार्यक्रम रचना वाचन गरिएको थियो । उहॉंलाइ कार्यक्रम सफल बनाउन, मेलबर्नवासी साहित्यप्रेमी महानुभावहरू कार्यक्रममा साक्षी बन्नुभएको थियो ।

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको र मेलवर्न संस्करणले अष्ट्रेलियामा रहनुभएका साहित्यिक पारखी र गजलकारहरुलाइ अझ तताउनेमा पहिल्यै विश्वस्त रहेको थिंए कार्यक्रम भब्य भयो गजल मुशायराका संयोजक जितेन्द्र मल्लले हामीलाइ बताउनुभयो हो । गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् । संयोजक मल्लले ११ बर्षमा ग़ज़ल मुशायरा दौडनु सहज नभएको र यो खुसीको समय रहेको बतॉंउदै  फेसबुक, यूट्युव र प्रत्यक्ष कार्यक्रम मार्फत जोडिने सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमलाइ गजल मुशायरा परिबारले आयोजना गरेको हो भने RJ Outdoor expert र Solve Education migration ले मुख्य सहयोग गरेका छन् । गोल्ड सेपोन्सरका रुपमा JAAM Nepali Bazaar, student destiny education and visa, Chandler RTO, Grampians college त्यस्तै फइनान्सीयल पार्टनरमा Buddha travels and tours, innovative associates, GNT finance and mortgage, Grace international, Sutra, Ratna Jewelers रहेका छन् भने सहयोगी संघ संस्थाहरुमा consulate of nepal Melbourne, NRNA Australia, Nepali Multicultural Centre Melbourne रहेका छन् भने Nepalese Association of Victoria सहयोगी संस्थाको रुपमा रहेको थिएं ।

IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

 

IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

 

IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

 

IMG_7142-1024x100 गजलका ताली र वाह वाहमा गुन्जियो मेलवर्न ।

 

Total Page Visits: - Today Page Visits:
Shares