अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसिएशन (एञ्जा)को तेस्रो साधारण सभा सम्पन्न भएको छ। अष्ट्रेलियाभर रहेका पत्रकारहरुको साझा संगठन एन्जाको अष्ट्रेलियाको राजधानी क्यानबेरामा फेब्रुअरी २१ र २२ मा भएको अधिवेशनका लागी ४३ जना सदस्य रहेकोमा ३५ जना पत्रकारहरुको प्रत्यक्ष सहभागीता रहेको थियो ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष कृष्ण तिवारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । ४३ जना मताधिकार सदस्य रहेको एञ्जाको निर्वाचनमा तिवारीले २५ मत प्राप्त गर्दै जित हासिल गर्दा उहॉंका प्रतिस्पर्धी नारायण खड्काले १८ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा माधव प्रसाद गैरे २२ मत प्राप्त गरि निर्वाचित हुदै गर्दा प्रकाश हुमागाईंले १९ मत र सीता कुमारी विश्वकर्माले २ मत प्राप्त गर्नुभएको थियो । महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल र सचिवमा तक्दिर अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको हो । ४ जना सदस्यता लागी ५ जनाको उमेदबारी परेकोमा सरल गुरुङ (४० मत), विनायक अधिकारी (३५ मत), गोपाल छन्त्याल (३३ मत) र केदार रायमाझी (२७ मत) निर्वाचित हुन सफल हुनुभएको हो ।
क्यानबेराको टोरेन्समा रहेको स्पाइस रुट रेष्टुरेन्टमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा महामहिम चित्रलेखा यादवले अव आउने नयाँ कार्यसमितिले संस्थालाई अझ बढी प्रभावकारी रुपमा समूदायको आवाज बुलन्द गर्ने कार्यमा लाग्ने आशा र बिश्वास रहेको कुरा ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष अनिल पोखरेलले पत्रकारिता मर्यादित रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै अहोरात्र निस्वार्थ रूपमा सञ्चार कर्म गरिरहेका पत्रकारहरूलाई धन्यवाद दिदै आफु सहकार्य गर्न सदैव तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, एकाका अध्यक्ष कोमलराज पाठक, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष रमेश पाण्डे, नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चापागाईं लगायतले एन्जासँगका सहकार्य सहित सफल कार्यकालको शुभकामना दिँदै प्रवासमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका पत्रकारहरूको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा क्यानबेरा र सिड्नीसहित विभिन्न राज्यबाट संस्थागत तथा ब्यक्तिगत ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । संघका संस्थापक तथा संरक्षक हेमन्त काफ्ले, ऋृषि आचार्य र सुजित सिग्देलको पनि सहभागीता रहेको थियो । अष्ट्रेलियामा लामो समयदेखि खोजमुलक पत्रकारिता गर्दै आउनुभएका सरल गुरुङलाई ‘स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।
एन्जाका नव निर्वाचित अध्यक्ष कृष्ण तिवारीले अघिल्लो कार्यसमितिले गर्न चाहेर पनि नसकिएका कार्यहरु सहित थुप्रै नयॉं योजना, जोस र जॉंगरका साथ कार्य गर्ने बताउदै सम्पूर्ण सहयोगी संघ संस्था, ब्यापारीक संस्थाहरु, बिभिन्न ब्यक्तित्वहरु, निर्वाचन समितिका राजु अधिकारी, प्रकाश आचार्य र आशिष सापकोटालाइ बिशेष धन्यवाद दिनुभएको थियो । उहॉंले नव निर्बाचित कार्यसमिति, एन्जाका पूर्व कार्यसमिति सहित सम्पूर्ण पदाधिकारीहरुलाइ तथा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
![[Tags] IMG_7142 एन्जाको अधिवेशन सम्पन्न । कृष्ण तिवारीको अध्यक्षतामा नयॉं कार्यसमिति निर्वाचित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8824-scaled.jpeg?resize=640%2C396&ssl=1)
![[Tags] IMG_7142 एन्जाको अधिवेशन सम्पन्न । कृष्ण तिवारीको अध्यक्षतामा नयॉं कार्यसमिति निर्वाचित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8839.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] IMG_7142 एन्जाको अधिवेशन सम्पन्न । कृष्ण तिवारीको अध्यक्षतामा नयॉं कार्यसमिति निर्वाचित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8837.jpeg?resize=640%2C395&ssl=1)
![[Tags] IMG_7142 एन्जाको अधिवेशन सम्पन्न । कृष्ण तिवारीको अध्यक्षतामा नयॉं कार्यसमिति निर्वाचित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8817.jpeg?resize=640%2C376&ssl=1)
![[Tags] IMG_7142 एन्जाको अधिवेशन सम्पन्न । कृष्ण तिवारीको अध्यक्षतामा नयॉं कार्यसमिति निर्वाचित ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)