नेपालीहरु अष्ट्रेलिया आएर यतै कर्मथलो बनाउन सुरु गरेको पनि केहि दशक भए तर नेपालबाट हामीले के लिएर आयौं र अवको पुस्तालाइ के सुम्पदै छौं भन्ने कुरामा नेपाली समाज झण्डै अनभिज्ञ जस्तै छ । यहि अनभिज्ञतालाइ चिर्दै सिड्निमा नेपाली संस्कृति र पहिचान झल्कने गरि आफनै छुट्टै भवन बनाउन नेपाली समाज (ग्रेटर सिड्नि नेपलिज मल्टिकल्चर सेन्टर) लागीपरेको छ । बिभिन्न बैठकहरु हुदै यो बैठक सम्म आइपुग्दा संस्थागत, पारिबारिक र ब्यक्तिगत सदस्यता जति सक्दो धेरै बनाउने र अर्थ संकलन गरि २०२५ मा जग्गा प्राप्त गर्नका लागी सम्वन्धित निकायमा पहल सुरु गर्ने संस्थाको योजना रहेको छ ।
परिचयात्मक कार्यक्रमबाट सुरुबात भएको कार्यक्रममा महासचिव प्रकाश पौडेलले स्वागत गर्दै कार्यक्रमका लागी जम्मा भएको पैसाबाट एक पैसा पनि खर्च नगर्ने प्रतिबद्धता र यो कार्यक्रमको उद्धेश्य सदस्यता धेरै भन्दा धेरै बनाउने रहेको बताउनुभएको थियो ।
![[Tags] IMG_7142 नेपाली सॉंस्कृतिक भवन बनाउन सिड्निमा पहल सुरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8648.jpeg?resize=640%2C396&ssl=1)
कार्यक्रममा उक्त कार्यक्रमका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक सुदिप ढकालले संस्था आजको अवस्था सम्म आइपुग्दा भोगेका बिभिन्न समस्या र आम सर्वसाधारणबाट आएका गुनासाहरुलाइ प्रस्तुत गर्नुभएको थियो । ढकालले सॉंस्कृतिक भवन बनाउन सबै मिलेर उदार मन लिएर सबैलाइ अघि बढ्न अनुरोध गर्नु भएको थियो । उहॉंले सोसल मिडियामा देखिएका र सुनिएका कुराहरुको पनि चर्चा गर्नुभएको थियो । ढकालले संस्थामा पद लिएर काम नगर्नेहरु भन्दा पनि काम गर्नेहरु अगाडी आउनु पर्ने सुझाव दिदै स्पष्ट मार्गचित्र लिएर अघि बढ्न पनि संस्थाका सबैलाइ आग्रह गर्नुभएको थियो ।
अध्यक्ष बिष्णु हमालले सदस्यता बनाउने कुरामा सिड्निमा मात्रै १०० भन्दा बढि सामाजिक संघ संस्थाहरु रहेको र ८० वटा क्रियासिल संस्थाहरु छन् यी सबै संस्थाहरु सदस्य बनिदिने हो भने पनि समाजलाइ धेरै सहयोग हुने आशा ब्यक्त गर्नुभएको थियो । अध्यक्ष हमालले संस्थामा रहेका साथिहरुलाइ बाहिरका अनावस्यक कुराहरु सुनेर समय खर्च नगर्न अनुरोध गर्दै सोसल मिडियामा बोल्दा संस्थाको गरिमा कायम गर्न अनुरोध गर्नुभएको थियो । हमालले बैठकमा बिभिन्न ब्यक्तिगरुले गरेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । समाजमा काम गर्दै गर्दा बिभिन्न नकारात्मक कुराहरु पनि आउने तर त्यस्ता कुराहरुका पछि नलागी समाजिक सहभागितामा सक्रिय रहन पनि अनुरोध गर्नुभएको थियो । हमालले सिड्निमा मात्रै ३० हजार भन्दा माथि नेपालिहरु मिलेनियर रहेको र ति सबैले सहयोग गरिदिनेहो भने ५ मिलियन पैसा उठ्ने कुरा उल्लेख गर्दै सबै सिड्निबासीले आफनो संझिएर सहयोग गरिदिन पनि अनुरोध गर्नुभएको थियो । उहॉंले ज जसलाइ नेपालले छुन्छ यहॉं रहेको दोस्रो पुस्तालाइ देखाउनका लागी पनि यो बनाउन आवस्यक रहेको कुरा बताउदै यसलाइ पूर्व नेपाल देखि पश्चिम सम्म अटाउने गरि अवधारणा रहेको कुरा ब्यक्त गर्नुभयो । उहॉंले भवन निर्माण गर्दै बिज्ञहरुद्वारा प्राप्त सल्लाह सुझाव अनुसार काम गर्ने भन्दा २०२५ सम्मा जग्गा प्राप्त गरि भवन बनाउन अगाडी बढ्ने योजना रहेको कुरा जानकारी दिनुभएको हो । अहिले हाल सदस्यता सकेसम्म बढाउने र अर्थ संकलनमा जोड दिइरहेको र उपयुक्त जग्गा छान्नका लागी उपाध्यक्ष सूर्य खनाललाइ जिम्मा दिएको अध्यक्ष बिष्णु हमालले जनाउनुभएको छ ।
![[Tags] IMG_7142 नेपाली सॉंस्कृतिक भवन बनाउन सिड्निमा पहल सुरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8647.jpeg?resize=640%2C317&ssl=1)
बैठकलाइ सम्बोधन गर्नुहुदै एनआरएनए अध्यक्ष अनिल पोखरेलले प्रतिक्रियाहरु आउछन् तर त्यसलाइ वास्ता गर्नु हुदैन र हामी ब्यक्तिगत कुरामा पनि जान नहुने बतॉंउदै काम गर्छु भनेर समाजमा आइसकेपछि एउटा दृढ बिश्वास लिएर अगाडी बढ्न सबैलाइ अनुरोध गर्नुभएको हो । अध्यक्ष पोखरेलले कोहि ब्यक्ति मन पर्दैन भने बसेर कुरा गरौं तर पब्लिक नगरौं । हामी सबैलाइ सबैजना राम्रो लाग्नुपर्छ भन्ने छैन तर राम्रो गर्न खोज्नेहरुलाइ हतोत्साहि नबनाउन पनि सबैमा अनुरोध गरेनुभएको हो । पोखरेलले उपस्थित सबैजनालाइ संस्थाको सदस्य बनिदिनुहुन पनि अनुरोध गर्नुभएको थियो ।
![[Tags] IMG_7142 नेपाली सॉंस्कृतिक भवन बनाउन सिड्निमा पहल सुरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8644.jpeg?resize=640%2C390&ssl=1)
बैठकका उपस्थित सबैबाट सुझाव र सल्लाह प्राप्त भएको थियो । समाजले गरेका उपलब्धि, प्रगति र निर्णयहरुलाइ समाजका सबै सदस्यहरुलाइ जानकारि दिनुपर्ने । संस्थामा जोडिएका सबै सदस्यहरुमा कोड अफ कन्डक्ट लागु हुने र भवन कुन ठॉंउमा बनाउने भन्ने प्रश्नमा सबैको सल्लाहमा नेपालीको जनघनत्व, जग्गा पाउने संभाब्य स्थान अनुसार अघि बढ्ने जानकारी अध्यक्ष बिष्णु हमालले जनाउनु भएको छ । बैठकमा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ता र बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
![[Tags] IMG_7142 नेपाली सॉंस्कृतिक भवन बनाउन सिड्निमा पहल सुरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8662.jpeg?resize=640%2C862&ssl=1)
![[Tags] IMG_7142 नेपाली सॉंस्कृतिक भवन बनाउन सिड्निमा पहल सुरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8654.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] IMG_7142 नेपाली सॉंस्कृतिक भवन बनाउन सिड्निमा पहल सुरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)