अष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको संगठन अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन (एन्जा) को तेश्रो अधिवेशन आगामी फेब्रुअरी २१ र २२ तारिख, शुक्रबार र शनिबार, अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुने भएको छ। यस अधिबेसनबाट नयॉं अध्यक्ष सहित कार्यसमिति चयन हुनेछ ।
अधिवेशन तयारीका लागी ब्यवस्थापन समिति र उपसमिति गठन गरिएको छ । जसमा अध्यक्ष चिरञ्जीवी देवकोटाको संयोजकत्वमा तीनै उपाध्यक्षहरू कृष्ण तिवारी, प्रकाश हुमागाईं र छत्र शंकर, महासचिव नारायण खड्का, सचिव सरल गुरुङ, कोषाध्यक्ष खगेन्द्र सत्याल, पब्लिक अफिसर गणेश भट्ट र प्रवक्ता तक्दीर अधिकारी रहनुभएको छ । यस समितिले अधिवेशनको व्यवस्थापन र तयारीका लागि आवश्यक कदमहरू चाँडै अघि बढाउने निर्णय गरेको छ।
अधिवेशनको आर्थिक र अन्य व्यवस्थापनका लागि उपाध्यक्ष तथा पूर्व कोषाध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा विनायक अधिकारी, गणेश भट्ट र खगेन्द्र सत्याल सदस्य रहेको उपसमिति गठन गरिएको छ। यस समितिले अधिवेशन आयोजना गर्न स्थान चयन, निमन्त्रणाको व्यवस्था, र अनुमानित खर्च व्यवस्थापनको जिम्मेवारी पाएको छ।
यसैगरि हरेक दुई वर्षमा अष्ट्रेलियामा क्रियाशील पत्रकारमध्ये एकजनालाई प्रदान गरिँदै आएको स्वर्गीय टीका कार्की स्मृति पुरस्कार वितरणको लागि संस्थाका अध्यक्ष देवकोटा, कानुनी सल्लाहका टोनु घोताने र सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारी सम्मिलित छनोट समिति गठन गरिएको छ । एन्जा कार्यसमितिले अष्ट्रेलियामा क्रियाशिल पत्रकारहरुको लिष्ट समितिलाई उपलब्ध गराउने र समितिले आवश्यक मापदण्ड बनाएर पुरस्कृतको छनौट गर्ने एन्जाले जनाएको छ । कार्यक्रम स्पाइस रुट रेष्टुरेन्ट टोरेन्स क्यानबेरामा हुनेछ । अधिवेशनमा को नयॉं अध्यक्ष हुनेछ र नयॉं टिम को को आउन इच्छुक छन् त्यो नामावलि आउन भने कहि समय लाग्ने छ प्रतिक्षा गर्दै गर्नुहोला ।
![[Tags] IMG_7142 अष्ट्रेलियाका पत्रकारहरुको महाधिवेशन क्यानबेरामा हुदै । को बन्ला नयॉं अध्यक्ष ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8641.jpeg?resize=640%2C640&ssl=1)
![[Tags] IMG_7142 अष्ट्रेलियाका पत्रकारहरुको महाधिवेशन क्यानबेरामा हुदै । को बन्ला नयॉं अध्यक्ष ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)