अष्ट्रेलियाका लागि नेपालकी राजदूत महामहिम श्रीमती चित्रलेखा यादवले अष्ट्रेलियाका गभर्नर जनरल माननीय सुश्री साम मोस्टिन एसी समक्ष हिजो ५ फेब्रुवरीका दिन क्यानबेरास्थित गभर्नर हाउसमा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । कार्यक्रममा राजदूत श्रीमती यादवलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।
ओहोदाको औपचारिक कार्यक्रमपछि राजदूत श्रीमती यादवले अष्ट्रेलियाका महामहिम गभर्नर जनरलसँग शिष्टाचार भेट गर्नुभयो। यस अवसरमा महामहिम राजदूतले आरटीको न्यानो अभिवादन र शुभकामना व्यक्त गर्नुभयो।
अष्ट्रेलियाका महामहिम गभर्नर जनरललाई नेपालका राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलले नेपाल भ्रमणको निम्ता गर्नुभएको छ । राजदूतले भेटका क्रममा आपसी समझदारी, विश्वास र सहयोगमा आधारित नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा विचार आदान–प्रदान गर्नुभएको थियो । राजदूत श्रीमती यादवलाई बधाई दिँदै गभर्नर जनरलले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
ओहोदा कार्यक्रममा परराष्ट्र मन्त्रीका प्रतिनिधि, आधिकारिक सचिव, प्रोटोकल प्रमुख तथा अष्ट्रेलिया सरकारका अन्य उच्च पदस्थ अधिकारी तथा राजदूतका श्रीमान श्रीकृष्ण यादव र नेपाली दूतावासका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
ओहोदा कार्यक्रम पश्चात राजदूत श्रीमती यादव र उहॉंको श्रीमान अस्ट्रेलियाका गभर्नर जनरलले आयोजना गरेको दिवाभोजमा सहभागी हुनुभएको थियो ।
![[Tags] IMG_7142 महामहिम चित्रलेखा यादवद्वारा ओहदाको प्रमाणपत्र पेश ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/JAT1395572dpi.jpeg?resize=640%2C486&ssl=1)
![[Tags] IMG_7142 महामहिम चित्रलेखा यादवद्वारा ओहदाको प्रमाणपत्र पेश ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)