IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न।

आङ दावा जाङ्बु शेर्पा
पर्थ, पश्चिम अष्ट्रेलिया

गरूड वर्ग (मुप्री ल्हो) लाई बिदाई र सर्प (सप्री ल्हो) लाई स्वागत गर्दै गुरुङ समाज पश्चिम अष्ट्रेलिया (GSWA) Inc. ले तमु ल्होछार (पौष १५) धुमधामसंग मनाएको छ । उक्त कार्यक्रम पर्थको रेडक्लिफ कम्युनिटी हलमा बेलुकी ५:०० बजे देखि राती १०:३० सम्म सम्पन्न भएको थियो । कार्यक्रमको मुख्य आकर्षण गुरुङ समुदायका “कौडा किङ” ले सुपरिचित स्थापित अतिथि कलाकार गणेश गुरुङ रहनु भएको थियो । अतिथि कलाकारको प्रस्तुतीका अलवा पर्थ मै रहेका गुरुङ कलाकारहरुद्वारा गुरुङहरुको संस्कृती झल्काउने विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो।

IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न।
बिगत बर्षहरुका भन्दा पृथक र भव्यताका साथ मनाइएको यस वर्षको ल्होछारमा शुभकामना आदन प्रदानका लागि नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), गैर-आवासीय नेपालीहरुको संस्था एन. आर. एन. ए. पश्चिम अष्ट्रेलिया , पर्थ पशुपतिनाथ-बौद्धनाथ मन्दिर लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधीहरू एवं पर्थका अन्य समुदाय सद्स्याहरुको पनि व्यापक सहभागिता रहेको थियो। नि:शुल्क आयोजना गरिएको यस कार्यक्रममा साँस्कृतिक प्रस्तुतीका साथ राफल कार्यक्रम पनि समावेश गरिएको थियो।
यस कार्यक्रमलाई भब्यता र सभ्यताका साथ सम्पन्न गराउनका लागि सहयोगी प्रायोजकहरु डिजेल एस्प्रेसो बार क्याफे जुन्डलप, सप्रोनोस पिज्जरिय एन्ड रिस्टोरेन्टे साउथ पर्थ, माभेन कन्सल्टिङ ग्रुप भिक पार्क, ग्रेसिस क्याफे फरेस्टफिल्ड, फङ्की मो:मो: रेस्टुराँ भिक पार्क, डेलिसियस फिङ्गर्स क्याफे मेलभिल, स्प्रीङ मुभिङ सर्भिसेस मिडल्याण्द र फुड पार्ट्नर द लिट्टल म्याजिक मो:मो: लगायत कार्यक्रममा उपस्थित सबैलाई गुरुङ समाज पश्चिम अष्ट्रेलियाका अध्यक्ष श्री छवि गुरुङले धन्यबाद ज्ञापन गर्नका साथै ल्होसार (सप्री ल्हो) को शुभकामना दिनुभएको थियो।

IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न। IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न। IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न। IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न। IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न। IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न। IMG_7142 पश्चिम अष्ट्रेलियाको पर्थमा भव्यताका साथ तमु ल्होछार सम्पन्न।

Total Page Visits: - Today Page Visits:
Shares