IMG_7142 धिमे बाजा सिकाउदै गुठि क्यानबेरा ।

आफनो कला, संस्कृति र पहिचान जोगाइराख्न बिदेशिएका नेपालीहरु लागीपरेका छन् । बिभिन्न कार्यक्रमहरु गर्दै बिदेशका सडकमा नेपाली झण्डा बोकेर नेपाली टोपि सिरमा राखि नेपाली पोशाक लगाएर नेपालीपन देखाइरहेकै छन् । अव वालो आएको छ नेपाली बाजा सिक्ने । अष्ट्रेलियाको राजधानी क्यानबेरामा दर्ता भएर आफनो कला संस्कृति प्रदर्शन गर्दै आइरहेको गुठि क्यानबेराले धिमेबाजा कक्षा संचालनमा ल्याउने भएको छ । मादल, बॉंसुरी जस्ता बाध्यबादन सिकॉंउदै आउनुभएका संगीत सर्जक सरोज महर्जनले धिमेबाजा कक्षा संचालनमा ल्याउने जानकारी हामीलाइ दिनुभएको हो ।

IMG_7142 धिमे बाजा सिकाउदै गुठि क्यानबेरा ।

धिमेबाजा बिशेषगरि नेवारी बाजा हो । धिमेबाजाको प्रचलन महादेव र भगवतीको किंवदन्तीमा जोडिन्छ। कुनै समय महादेव र भगवतीबीच मतभेद भयो। मतभेदसँगै सन्तानलाई कसले राख्ने विवाद भयो। विवाद लुछाचुडीमा बदलियो। सोही क्रममा एक जनासँग कंकाल (हड्डीमात्र भएको शरीर) र अर्कोसँग ख्याक (मासु मात्र भएको शरीर) भए। कालान्तरमा कंकाल र ख्याक नकारात्मक शक्तिको रूपमा विकसित भए। यसले महादेवलाई दुखित तुल्यायो। उनी पृथ्वीको जंगलमा आएर लठ्ठीले ढ्याङग्रो जस्तो बाजा बजाए। जुन पछि गएर धिमेको रूपमा परिणत भयो। 

IMG_7142 धिमे बाजा सिकाउदै गुठि क्यानबेरा ।

गुठि क्यानबेराले गुठिका सदस्यहरुका लागी $५ प्रति हप्ता र सदस्य नहुनेहरुका लागी $१० प्रति हप्ता शुल्कलिने जनाएको छ । कक्षा सोमबार बेलुका सॉंझ ५ बजेबाट ७ बजेबाट हुने र यसलाइ गुठि क्यानबेराका बिजय प्रजापतिले कक्षा संचालन गर्नुहुने छ । यसमा नेपाली बिदेशि सबैले सिक्न पाउने बातावरण तयार गरिरहेको र कक्षा संचालन भएको ३ महिनामा स्टेज कार्यक्रम गरेर धिमे बाजा सिकिरहेका बालबालिकाहरुलाइ प्रोत्साहन गरिने कुरा सरोज महर्जनले जानकारी दिनुभएको छ ।

IMG_7142 धिमे बाजा सिकाउदै गुठि क्यानबेरा । IMG_7142 धिमे बाजा सिकाउदै गुठि क्यानबेरा । IMG_7142 धिमे बाजा सिकाउदै गुठि क्यानबेरा ।

Total Page Visits: - Today Page Visits:
Shares