नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री र प्रतिनिधि सभा सदस्य बल बहादुर केसीको अष्ट्रेलिया भ्रमणका क्रममा २०२५ जनवरी ३ मा क्यानबेरामा भेटघाट सम्पन्न भएको छ। विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना संगै नेता केसीसँग नयाँ वर्ष २०२५ को शुभकामना आदानप्रदान गरिएको थियो ।
![]()
कार्यक्रममा प्रमुख अतिथि बल बहादुर केसी, विशिष्ट अतिथि नेपाली कांग्रेस प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य रिना उप्रेती, जन सम्पर्क समितिका क्यानबेराका सभापति ललित मल्ल, क्यानबेराका विभिन्न संस्थाका प्रतिनिधिहरु र समग्र नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रममा नेता केसीले बिदेशमा रहेका नेपालीहरुको आवाज पार्टी कार्य समितिमा राख्ने प्रतिबद्धता जनाउनुभयो। यसैगरी, उहॉंले NRNA नागरिकताको मुद्दामा समेत विचार व्यक्त गर्दै, बिदेशी भूमिमा रहेका नेपालीहरुले नेपाललाई समृद्ध बनाउन थप सक्रिय भूमिका निभाउनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो । साथै, नेता केसीले नेपाल सरकारको संविधान कार्यान्वयनमा भएका अवरोध र चुनौतिहरुका बारेमा पनि बोल्दै, विदेशमा रहेका नेपालीहरुको योगदान नेपाल निर्माणमा अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
यस कार्यक्रमले नेपाली समुदायलाई एकजुट गरि, नयाँ वर्षको शुभकामना साटासाट गर्दै आगामी दिनमा एकजुट भएर नेपालका समृद्धिका लागि कार्य गर्न प्रेरित गरेको छ।
![[Tags] IMG_7142 नेपाली कांग्रेसका नेता बल बहादुर केसीको क्यानबेरामा भेटघाट कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_8136.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] IMG_7142 नेपाली कांग्रेसका नेता बल बहादुर केसीको क्यानबेरामा भेटघाट कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_8157.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] IMG_7142 नेपाली कांग्रेसका नेता बल बहादुर केसीको क्यानबेरामा भेटघाट कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7142.gif?resize=640%2C62&ssl=1)