IMG_7142 नेपाली टोपि दिवस मनाउदै यूवा पुस्ता ।

देश होस या परदेश, नेपाली संस्कृति, नेपाली पन, नेपाली परम्परा नेपालीहरुका लागि सधैं उच्च स्थान मा रहेको हुन्छ। बगेको रंगत पनि नेपाली, ढुकढुक गर्ने मुटु नेपाली अनि नेपाल संझिरहने मन झनै नेपाली । जहॉं गएपनि नेपाली मनलाइ हरेक नेपाली कार्यक्रम हरुले पछ्याइरहन्छ र कार्यक्रमका लागी नेपालीहरु तयार भइहाल्छन् ।

 

IMG_7142 नेपाली टोपि दिवस मनाउदै यूवा पुस्ता ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा पनि MENS ROOM Reloaded मा आबद्ध रहि क्यान्बेरा श्रेत्रमा बसोबास गर्दै आउनु हुने दाजु भाइ को समूह ले आयोजना गरेको “राष्ट्रिय टोपि दिवस” मा आमा-बुवा , दाजु- भाइ , दिदी बहिनी अनि बालबालिका को उल्लेखनीय उपस्थिती रहेको थियो।

कार्यक्रम मा अभिभावक संङ, क्यान्बेरा समाज का विशिष्ट ब्यक्तित्व हरु को अभिनन्दन सहित आउदो पुस्ता लाई आफ्नु कला, संस्कृती र परम्परा बारे बुझाउदै, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै खाजा को ब्यवस्था गरिएको थियो।

कार्यक्रमका प्रतिनिधि प्रशान्त प्रसॉंइले उपस्थित सम्पुर्ण मा धन्यवाद दिदैं यो उल्लेखनीय उपस्थिति ले आउदा दिन मा अझै बढि समाज केन्द्रित कार्यक्रम गर्ने जोश जगाएको कुरा ब्यक्त गर्नुभएको छ । साथै प्रसॉंइले सम्पुर्ण MRR मा रहि क्यान्बेरा बसोबास गर्ने दाजु भाइ हरु प्रती धन्यवाद ब्यक्त गर्नुभएको छ जस्ले यो कार्यक्रम लाई सफल बनाउन हर सम्भव प्रयास गर्नु भयो र आज हामी सफल भयौं ।

IMG_7142 नेपाली टोपि दिवस मनाउदै यूवा पुस्ता ।

Total Page Visits: 441 - Today Page Visits: 1
Shares