सृष्टिको आरम्भ सङ्गै यस धर्तीमा करोडौं करोडौं मानीसहरुको अकालमा मृत्युवरण गरेका कैयौं ज्ञात अज्ञात दिवङ्गत आत्माको कल्याण होस भन्ने लोककल्याणार्थ साथै विदेशी भुमिमा आइ अकाल मृत्युवरण गर्नुभएका सम्पुर्ण नेपाली समुदायका स्वजन आफन्तजनको बैकुण्ठ प्राप्ति होस् भन्ने कामना गर्दै सप्त दिवसीय श्रीमद्भागवतमहापुराण पितृमोक्ष ज्ञान महायज्ञमा सम्पुर्ण वैदिक सनातन धर्मानुरागीहरुलाई उपस्थित भै पुण्य लाभ लिनुहुन विनम्र अनुरोध गरिएको छ ।
महायज्ञमा कर्ताहरुले के के गर्न सक्नुहुनेछ भनेर जानकारी दिइएको छ ।
यो कार्य सम्पुर्ण आध्यात्मिक समुदायको साझा संकल्प भएको हुनाले सातै दिनसम्म यहाँहरु कर्ता भै पुजाकार्यमा सहभागी बन्न पाउनुहुनेछ ।
सातै दिन सम्म आफुले प्रसाद भणडाराको प्रायोजन गर्न सक्नुहुनेछ ।
सातैदिन सम्म यज्ञमा आवस्यक पुजा सामाग्री,फलफूल,दुबोको माला र फुलको मालाहरु, सजावटका सामाग्रीहरु प्रायोजन गर्न सक्नुहुनेछ !
आ- आफ्ना दिवङ्गत पितृहरुको तस्बिर यज्ञ अवधिभर मण्डपमा ल्याएर राख्न पाउनुहुनेछ ।
सप्ताह अवधीभर वेदमन्त्र,भागवत वाणी,आरती आदि वैदिक विधीद्वारा अभिमन्त्रीत शान्ति कलशको पुजा गरिनेछ । स्वयं तपाईं आफू उपस्तिथ भएर कलशको पुजा गर्न पाउनुहुनेछ । कलश तथा पुजा सामाग्री व्यवस्थापकले नै उपलब्ध गराइनेछ र सातदिन पछि घरमा लैजान सक्नुहुनेछ । त्यसको सेवा शुल्क $108 लाग्नेछ र यसवाफत स्वत: कर्ता बन्नुहुनेछ । उक्त कलशलाइ शान्ति कलश भनिन्छ जसलाई घरमा लगेर त्यस कलशभित्रको जलले आफ्नो घर वरिपरि , घरभित्र अभिषेक गर्दा वास्तु दोष निवारण, घरमा सुख शान्ति समृद्धि प्राप्त हुनेछ ।
सप्ताह अवधिभर एक दिनको लागत खर्च प्रायोजन गरी उक्त दिनभरिको मुख्य यजमान बनि पुजा कार्यमा सम्मिलित पनि बन्न पाउनुहुनेछ ।
यज्ञको वहुपक्षिय वयवस्थापन मध्य कुनै एक विषय क्षेत्रको वयवस्थापन स्वयंले प्रायोजन गर्न सक्नुहुनेछ ।
दैनिकी आफ्ना नानीबाबुहरुलाइ सहभागी गराइ संस्कारित अभ्यास दिलाउन सक्नुहुनेछ ।
कुनै न कुनै क्षेत्रमा रहेर यहाँहरुले सातै दिन सम्म सेवा गर्न सक्नुहुनेछ । जसको लागि यहाँले आजैबाट आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ ।
उपस्थित अतिथि सेवाका लागि जुनसुकै सेवा पनि यहाँले गर्न सक्नुहुनेछ !
थप जानकारीको लागि निम्न लिखित ब्यक्तिहरुलाइ सम्पर्क गर्नुहोला ।
डा. कृष्ण हमाल
0422342655
डा. विनोद नेपाल
0423962825
सुदिप बास्तोला
0421729223
व्यासाचार्य भुवन गुरु
0489155064
हेमन्त राज भण्डारी
0411702531
![[Tags] IMG_7142 क्यानबेरामा सप्ताहब्यापि श्रीमद्भागवत महापुराण हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_8206.jpeg?resize=640%2C529&ssl=1)
![[Tags] IMG_7142 क्यानबेरामा सप्ताहब्यापि श्रीमद्भागवत महापुराण हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)
![[Tags] IMG_7142 क्यानबेरामा सप्ताहब्यापि श्रीमद्भागवत महापुराण हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=300%2C188&ssl=1)