![[Tags] IMG_8539-295x300 अस्ट्रेलियाको एडिलेडमा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/10/IMG_8539.jpeg?resize=295%2C300&ssl=1)
निबन्धकार- नियात्राकार युवराज नयाँघरेसँग गरिएको उक्त विमर्श कार्यक्रममा थुप्रै साहित्यिक विषयमाथि गम्भीर छ्लफल भएको थियो ।
कार्यक्रममा लेखक तथा सामाजिक अभियन्ता राजु पौडेलले नेपाली साहित्यका विविध पक्षमाथि प्रश्न राख्दै समाजले वैदेशिक पक्षमाथि सकारात्मक दृष्टिले साहित्य नलेखिएको बताए ।
उनले भने- नेपालको प्रतिनिधित्व गरिआएका जुनै व्यक्ति, संस्था वा प्रतिभालाई पनि नेपालले फराकिलो भावनाले हेरेर साहित्यमा लेखिदिन पाए आजको विश्वव्यापीकरणको भावनालाई न्याय हुने थियो ।
कवि तथा कथाकार प्रकाश धमलाले नेपाली साहित्यका निम्ति बेला-बेलामा एडिलेटमा कार्यक्रमहरू आयोजना तथा संयोजन गरेको प्रसङ्ग सम्झिए । धमलाले भने- `नेपाली साहित्यलाई लोकप्रिय बनाउन र अन्तर्राष्ट्रियकरण गराउन यस्ता विमर्श र छलफलसँगै अझै फराकिलो गराउनु अत्यावश्यक छ । यसो गरिएमा नेपाली साहित्यका अमर कृतिहरुको प्रचार प्रसारमा ठुलो सघाउ पुग्ने छ ।´
लेखक तथा समीक्षक विकाश प्रान्जलले नेपाली साहित्यका गहकिला कृतिहरु अस्ट्रेलियामा राम्रोसँग वितरण नभएको विषयमा आफ्ना धारणा राखेका थिए ।
![[Tags] IMG_8539-295x300 अस्ट्रेलियाको एडिलेडमा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)
प्रान्जलले भने- `राम्रो साहित्य रचनाका लागि पठन संस्कृति पनि उत्तिकै जरुरी छ । हामी नेपालका गहकिला साहित्यिक पुस्तक पढ्न पाउँदैनौं ।´
निबन्धकार- नियात्राकार युवराज नयाँघरेले नेपाली साहित्यका अनेक पक्षमाथि बोल्दै प्रकाशन र वितरणका पाटोमा विशेष विचार राखेका थिए । नयाँघरेले भने-`नेपाली साहित्यले स्थानीय र मौलिक विषयमाथि अझै पनि गहकिलो साहित्य रचना गर्न सकेको छैन ।
हामीले हिमाल, पहाड र तराईका अनगिन्ती विषयलाई साहित्यमा उतार्न सके हाम्रो साहित्यको उचाइले थप मान र शान प्राप्त गर्ने छ ।´
विमर्श कार्यक्रममा आदर्श बस्नेत, पेमा तामाङ, नील उपाध्याय लगायतका जिज्ञासु सहभागीले विविध विषयमा विचार राखेका थिए । करीब तीन घन्टासम्म चलेको बहस कार्यक्रममा अस्ट्रेलियाको एडिलेट शहरको नेपाली साहित्य र संस्कृतिको संभाव्यताबारे गहिरो विमर्श भएको थियो ।![[Tags] IMG_8539-295x300 अस्ट्रेलियाको एडिलेडमा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/IMG_9839.jpeg?resize=300%2C187&ssl=1)
![[Tags] IMG_8539-295x300 अस्ट्रेलियाको एडिलेडमा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)