सनातन समाज अष्ट्रेलियाले पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसको संझना गर्दै कार्यक्रम आयोजना गरेको छ । समाजले पृथ्वी जयन्तीको अवसरमा क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । जसमा क्यानबेराका तिनवटा क्लवहरु बिच 7th January 2024 का दिन, एक दिवसीय T10 क्रिकेट प्रतियोगिता भएको थियो । जसमा Winner: Canberra Nepalese Cricket Club र Runner Up: Brothers United Cricket Club भएको थियो । प्रतियोगीतामा
Best Bowler: Sumit Padal, Best Batsman: र Prashant Bista Best Fielder: Dipta Raman Rizal हुनुभएको थियो भने Valuable Player of the Tournament: Prashant Bista ले हात पार्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रनिर्माता पृथ्बी नारायण शाहको तस्विरमा माल्यापर्ण र नेपाली तथा अष्ट्रेलियन राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका बारेमा बोल्दै मनोज ढुंगानाले पृथ्वीनारायण शाहले किन नेपाल एकीकरण गर्नुपर्यो ? नेपाल कुमाउनगढबाल देखि कैलाश पर्वत सम्म रहेको र पृथ्बीनारायण शाह दूरदर्शि भएको तर सानो राज्यमा राज गर्नुभएको बताउदै उहॉंको मुख्य काममा भनेको सबैको मन जितेर अघि बढ्नु थियो र त्यसै गरेर सबैलाइ तिमीहरु म छु चिन्ता नगर भनेर मन जित्दै गोर्खा बाट नेपाल बनाउन सफल रहेको चर्चा गर्नुभयो ।
सनातन समाजका अध्यक्ष सन्तोष मल्ल, नेपाली दुताबास क्यानबेराका प्रतिनिधि हेम भुजेल, प्रभाकर शाह, ललित मल्ल, बिनोद उप्रेती, अशोक बस्नेत र समिर अधिकारिले पृथ्बी नारायण शाहको पारेमा चर्चा गर्दै पृथ्बी कप क्रिकेट आयोजना गर्न सफल रहेकोमा बधाइ तथा शुभकामना प्रदान गर्नुभएको थियो ।
![[Tags] IMG_8539-295x300 क्यानबेरामा पृथ्बी जयन्ती तथा क्रिकेट खेलाडीलाइ पुरस्कार बितरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/01/IMG_0081.jpeg?resize=640%2C360&ssl=1)
कार्यक्रममा नेपाली दुताबास प्रतिनिधि गेम भुजेल, पूर्व एनआरएनए उपाध्यक्ष अशोक बस्नेत, सक्सेस एजुकेशनका आदर्शजंग पाण्डे, मधेशि समाज क्यानबेरा महासचिव प्रभाकर शाह, डा बिनोद नेपाल, खुश्बु नेउपाने, आरके होम लोनका कमल कुवँर, दुताबासबाट प्रतिनिधि बिभिन्न संघ संस्थागत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सनातन समाजका सचिव बासु चापागाइबाट संचालन भएको थियो भने सभापती सन्तोष मल्ल रहनुभएको थियो ।
![[Tags] IMG_8539-295x300 क्यानबेरामा पृथ्बी जयन्ती तथा क्रिकेट खेलाडीलाइ पुरस्कार बितरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/01/IMG_0020.jpeg?resize=360%2C640&ssl=1)
![[Tags] IMG_8539-295x300 क्यानबेरामा पृथ्बी जयन्ती तथा क्रिकेट खेलाडीलाइ पुरस्कार बितरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/10/IMG_8539.jpeg?resize=295%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 क्यानबेरामा पृथ्बी जयन्ती तथा क्रिकेट खेलाडीलाइ पुरस्कार बितरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)
![[Tags] IMG_8539-295x300 क्यानबेरामा पृथ्बी जयन्ती तथा क्रिकेट खेलाडीलाइ पुरस्कार बितरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 क्यानबेरामा पृथ्बी जयन्ती तथा क्रिकेट खेलाडीलाइ पुरस्कार बितरण सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)