IMG_0169-300x300 नेपालीको स्वामित्वमा सुरु भयो “स्पाइस रुट” रेष्टुरेन्ट ।

अष्ट्रेलियाको राजधानी क्यानबेराको दक्षिणी भेग टग्रनन क्षेत्रमा चलिरहेको भारतीय रेष्टुरेन्ट नेपालीको स्वामित्वमा आएको छ । Spice Route नाम गरेको रेष्टुरेन्ट भारतीय खाना तथा खाजाको लागी लोकप्रिय छ ।

मुख्यगरि ठुला ठुला गोष्ठि तथा समारोहका क्यटरिगंमा आफनो कब्जा जमाइरहेको रेष्टुरेन्टले मझौला पार्टिहरुलाइ पनि प्राथमिकता दिने कुरा संचालक आदर्शजंग पाण्डेले मेरो कपुरी क लाइ बताउनुभएको छ । भित्र ६० जना र बाहिर २० जना गरि ८० जना सम्मको सिट क्षमता रेष्टुरेन्टमा रहेको छ तर भान्छा ठुलो र ब्यवस्थित रहेको हुनाले काम गर्न र ठुला समारोहका क्याटरिगं गर्न भने एकदमै सजिलो रहेको कुरा पनि पाण्डेले बताउनुभएको छ ।

IMG_0169-300x300 नेपालीको स्वामित्वमा सुरु भयो “स्पाइस रुट” रेष्टुरेन्ट ।

बिशेषगरि सॉंझमा टेकवे अर्डरहरु धेरै आउने र क्याटरिगं पनि हुने हुनाले दिनमा भन्दा सॉंझ ब्यस्त हुने गर्दछ । हिजोआज म पनि खाना बनाउन सिकिरहेको छु जसले गर्दा आफुले पनि केहि सिकिने र आफनो हातले पकाएर दिन पॉंउदा परिबार पनि खुसी रहने हुदा आनन्द आउने रहेछ । ज़िन्दगीनामा कहिल्यै ब्यवसायीक किचन छिरिएला र खाना बनाइएगा भनेर नसोचेको तर अन्तत त्यसको पनि अनुभव लिइरहेको छु पाण्डेले आफनो अनुभव साट्नुभएको थियो । अव छिट्टै ब्याण्ड पनि राख्ने तयारी भइरहेको छ । सायद हरेक हप्ताको बिहिबार ब्याण्डले प्रत्यक्ष संगीत प्रस्तुत गर्नेछन् । आशा छ धेरै भन्दा धेरै नेपालीहरुले रोज़गार सृजना गरेर धेरै ब्यवसायका मालिक बन्न सकुन । हाम्रो तर्फबाट पनि  आदर्शजंग पाण्डे सहित स्पाइस रुट को सफलताको शुभकामना ।

IMG_0169-300x300 नेपालीको स्वामित्वमा सुरु भयो “स्पाइस रुट” रेष्टुरेन्ट ।

 

Total Page Visits: - Today Page Visits:
Shares