नेपाल यूनाइटेड फुटवल क्लव क्यानबेराको आयोजनामा एकदिवसिय फुटवल कप सम्पन्न भएको छ । 9A साइडमा खेलाइएको खेल यूनिभर्सिटि अफ क्यानबेराको ग्राउण्डमा खेलाइएको थियो । फुटवल प्रतियोगितामा मेलवर्न, सिड्नी र क्यानबेरा गरि १६ टिमको सहभागीता रहेको थियो । प्रतियोगीता २७ जनवरी २०२४ सनिबारका दिन सम्पन्न भएको हो ।
खेल लिग कम नकआउटका आधारमा खेलाइएको थियो । जस अन्तर्गत प्रतियोगिताको फाइनलमा यति फुटवल क्लव र बेनि फुटवल क्लव पुगेका थिए । फाइनल खेलमा आफनो क्लवलाइ बिजय बनाउन बेनि फुटवल क्लवका नितिन थापाले गोल गर्दै उपाधि चुम्न सफल हुनुभएको थियो भने यति फुटवल क्लवका तर्फबाट धेरै प्रयासका वावजुद गोल हुन सकेन र १ गोलले बेनिले पहिलो पुरस्कार आफनो पोल्टामा पार्न सफल रह्यो । बेनिले सिल्ड सहित $६००० (छ हजार) डलर पुरस्कार जित्न सफल रह्यो भने उप बिजेता यति फुटवल क्लवले नगद $३००० जित्न सफल भएको हो ।
![[Tags] IMG_8539-295x300 पहिलो सक्सेस नेपाल यूनाइटेड कप फुटवल प्रतियोगीता सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)
प्रतियोगिताकै सबैभन्दा धेरै गोल गर्न सफल सुशान्त कुवँरले $२००, बेष्ट गोलकिपरमा बेनि क्लवका अमृत चौधरीले $२०० र बेष्ट प्लेयरमा बेनि क्लवका नितिन थापाले $३०० नगद जित्न सफल हुनुभएको थियो । त्यस्तै फेयर प्ले टिममा यूनाइटेड एफसी ले $३०० नगद पाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेल हुनुभएको थियो भने अतिथिका रुपमा सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसका डिरेक्टर आदर्शजंग पाण्डे र डा डि डि कणेंल रहनुभएको थियो । त्यस्तै अतिथिका रुपमा Ingrid Davis- manager, Oceania & emerging markets future student’s office (University of Canberra) रहनुभएको थियो भने अन्य संघ संस्थाका प्रतिनिधिहरुको भब्य उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजन सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसले गरेको थियो भने गोल्ड स्पोन्सरको रुपमा CBTC रहेको थियो । त्यस्तै सिल्भर स्पोन्सरमा डॉंफे फाइनान्स र ब्रोन्ज पार्टनरमा Manoosh pizzeria, Zenith services रहेका थिए । सपोर्टरहरुमा Om siddha Jewellery, mountain yeti brewery, university of Canberra, the monkey temple रहेका थिए । फुटवल प्रतियोगिताको समायोजन सलभ गौचन, सुजन पाख्रिन र सुमन अधिकारीले गर्नुभएको थियो ।
![[Tags] IMG_8539-295x300 पहिलो सक्सेस नेपाल यूनाइटेड कप फुटवल प्रतियोगीता सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/01/IMG_0770.jpeg?resize=300%2C200&ssl=1)
![[Tags] IMG_8539-295x300 पहिलो सक्सेस नेपाल यूनाइटेड कप फुटवल प्रतियोगीता सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/01/IMG_0775.jpeg?resize=300%2C197&ssl=1)
![[Tags] IMG_8539-295x300 पहिलो सक्सेस नेपाल यूनाइटेड कप फुटवल प्रतियोगीता सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/10/IMG_8539.jpeg?resize=295%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 पहिलो सक्सेस नेपाल यूनाइटेड कप फुटवल प्रतियोगीता सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)
![[Tags] IMG_8539-295x300 पहिलो सक्सेस नेपाल यूनाइटेड कप फुटवल प्रतियोगीता सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)