यो ‘स्थापित सरकार’ गर्दैछ, करका कुरा
माहोल बन्दैन खै? कि गर कि मरका कुरा
गिज्याउँछन् ति घाटका, भरिएका बाकसले
चुहिए यी मनका छाना, खै त खरका कुरा
बेबारीसे भए सब, आफ्नै आङ्गनमा
आखिर किन गर्छौ ब्यर्थै, घरका कुरा
टिक्दैन सम्बन्ध, अविश्वासको पर्खाल
गीता, आगो छोई गर्दैछौ, भरका कुरा
निभाउ दन्कियो, अशहिष्णुताको आगो
छाडिदेउ गर्न भो धर्म जात, थरका कुरा
श्रीभक्त पौडेल ” आफन्त ”
रेक्याभिक, आईसल्याण्ड
Total Page Visits: 1654 - Today Page Visits: 1