बिनायक अधिकारी :- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेरा च्याप्टरको आयोजनामा आगामी २३ अगस्त २०१८ बिहिवार दिन क्यानबेरामा २०५आैं भानु जयन्ती कार्यक्रमको आयोजना हुने भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपालबाट बिषेश रुपमा आमन्त्रित कवि डा. नवराज लम्साल हुनुहुनेछ ।
कार्यक्रममा डा. नवराज लम्साल को छन्द/गद्य कबिता वाचन, साहित्य संवाद तथा नेपाली भाषा, साहित्य र संस्कृति बिषयमा अन्तरक्रिया समाबेश गरिएको छ । समय मिलाएर कार्यक्रममा सहभागी भएर नेपाली भाषा र साहित्य प्रतिको स्नेह र सम्मान ब्यक्त गर्नुका साथै डा. नवराज लम्सालका उत्कृष्ट कबिताहरु र क्यानबेराका स्थानिय कविहरुको कविता तथा गजल श्रवण गर्ने यो अवसरको सदुपयोग गर्नुहुन सबैमा संस्थाले सादर अनुरोध गरेको छ ।
कार्यक्रममा जि एस पौडेलद्वारा लिखित एक सर्को मॉंया पुस्तकको अष्ट्रेलियामा प्रथम पटक लोकार्पण गरिने जनाएको छ । संस्थाले कार्यक्रमका लागी डीनरको ब्यवस्था गरिएको जनाएको छ त्यसका लागी $२५ सहयोग गरेर कार्यक्रम भब्य बनाइदिन पनि सबैसंग आग्रह गरेको छ ।
कार्यक्रमका लागी टिकट वा अन्य जानकारिका लागी अनेसास क्यानबेराले निम्न ब्यक्तिसंग सम्पर्क गर्नअनुरोध गरेको छ ।
Chandra Tiwari – 0411721671
Bhim Neupane – 0415586659
Binayak Adhikari – 0449944705
कार्यक्रम २३ अगष्ट बिहिवारका दिन बेलुका ५:३० बजेवाट हंग्री बुद्ध फेररमा हुनेछ ।
![[Tags] 543D07C9-759E-430B-BD5C-3572A9DD0ED1-300x169 क्यानबेरामा भानु जयन्ति तथा डा नवराज लम्सालसंग साक्षात्कार ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/543D07C9-759E-430B-BD5C-3572A9DD0ED1.jpeg?resize=300%2C169&ssl=1)