तास्मानिया सम्वाददाता :- अष्ट्रेलिया को तास्मानिया स्टेट मा रहेका प्रजातान्त्रिक साथीहरु लाई समेटेर समुदाय मा सम्मिलित हुने मनसाये ले एस स्टेट का बिभिन्न भाग बाट आउनु भएका साथी हरु मिली बिपी कोइराला को ३६ औ स्मृति दिबश को उपलश्यमा जनसम्पर्क समितिको पहिलो अधिबेशन आज सम्पन्न भयो। बार्बिक्यु कार्यक्रम बाट सुरु भएको स्मृति सभा एबम अधिबेशन बिभिन्न बक्ता हरु को बक्तब्य सहित् कार्यक्रम को अन्त मा समिती गठन भएर सम्पन्न भएको थियो। कार्यक्रम को संयोजन श्री द्वारीका दवाडीजी ले गरेका थीए ।
महामानब बिपी कोइराला ले नेपाली जनता को हितको लागि उहाले देखानुभएको मार्गदर्शन अनी प्रजातन्त्र मा जनतानै सर्बश्रेस्ठ भएको उहाको अभिब्यक्ती अहिले को नेपाल को मा पनि उतिकेइ सान्धर्बिक रहेको छ। बिपी को समाजबाद सहित् को प्रजातन्त्र कतै नेपाली कांग्रेस बाट अहिले छाया मा त परेको छैन भन्ने अहिले को नेपाल को अवस्था ले प्रत्याभुती गराएको होकी भन्ने आसन्का भएको भनी कार्यक्रम मा उपस्थित प्रजातन्त्र प्रेमी साथीहरु को गुनासो गरेका थीए । NRNA Tasmania स्टेट का कोर्डिनेटर बिस्सेस्वर खतिवडा अतिथी रहेका थीए उनले कार्यक्रममा सबै मिलेर समुदाय लाई अगाडि लैजानु पर्ने बक्तब्य राखेका थीए । कार्यक्रमको अन्तमा द्वारीका दवाडी को अध्यक्षतामा समिती गठन भएको छ। स्टेट का बिभिन्न भाग का प्रजातन्त्र प्रेमीलाई समेटने गरी समिती बनाइने कुरा द्वारीका द्वबाडी ले बताएका छन् । जनसम्पर्क समिती तास्मानिया स्टेट को नब गठित समितीमा अध्यक्ष:- द्वारीका डवाडी, उपाध्यक्ष:- किरण तिमल्सिना महासचिब:- तिर्थ तिमील्सिना, सचिब:- सुरज अधिकारि कोषाध्यक्ष:- तारा शर्मा, सल्लाहकार सदस्य :- बिसेश्वर खतिबडा सदस्यहरु :- दीपक सिटौला, बादल प्रसाइ, श्रवन पौडेल, मनिषा अर्याल, बिकाश बिष्ट, प्रमोद सापकोटा रहेका छन् ।