बिनायक अधिकारी :- नेपाल एम्बेसी कप २०१८ को उपाधि अल्बरीको थ्रिस्टारले जितेको छ । राइट एन्ड एशोसियट्स को प्रायोजनमा क्यानबेरा नेप्लीज फुटबल क्लबको आयोजनामा अस्ट्रेलियाको राजधानी क्यानबेरामा सन्चालन भैरहेको दुइ दिने खेलको फाइनलमा सडेन डेथमा सिडनीको प्रतिद्धन्द्धी बेनी फुटबल क्लबलाई पराजित गर्दै थ्रीस्टारले उपाधि जितेको हो । यसअघिको संसकरणमा पनि नेपाल एम्बेसी कप थ्रीस्टारले जितेको थियो ।

क्वार्टर फाइनलमा निकै राम्रा खेलाडीले सुसज्जित मेलवर्नको यती एफसीलाई पराजित गरेको अल्बरीले आफ्नो टिम वर्कको कुशल प्रर्दशन गर्दै उपाधि हात पारेको थियो । नेपाली राष्ट्रिय टोलीका देखिसकेका शुलभ मास्के र अनिल ओझा सम्मीलित यती झीनो अन्तरले क्वार्टरफाइनलवाटै बाहिरिएको थियो । खेल जित्दै थ्रिस्टारले $४००० सहित मेडल र प्रमाणपत्र तथा रनरअप बेनी एफसी सिड्नीले $२००० सहित मेडल र प्रमाणपत्र जितेका छन् ।

C4C804F4-5407-4718-8BB5-5463DB967F74-300x225 नेपाल एम्बेसी कपको उपाधि थ्रिस्टारलाइ ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा , नेपाली सामाजिक अगुवा डा कृष्ण हमाल, एनआरएनका उपाध्यक्ष राजन ढुंगेल तथा राइट एन्ड एशोसियट्सका निर्देशक परशुराम अधिकारीले पदक ,ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । राजदुत शेर्पाले खेलकुद स्वास्थका लागि मात्र नभए राष्ट्रको पहिचानका लागि पनि महत्वपुर्ण माध्यम बनेको बताउदै विजयी टोलीलाई बधाइ दिइन ।

नेपाल एम्बेसी कपका अर्डीनेटर आशीष सापकोटाले १४ टिम सम्मिलित भएकामा मेलबर्न, सिड्न, एडीलेड र अल्बरिका क्लवहरु सहभागी भएको जनाए । 

C4C804F4-5407-4718-8BB5-5463DB967F74-300x225 नेपाल एम्बेसी कपको उपाधि थ्रिस्टारलाइ ।

महिलाहरुको टिममा महामहिम लक्की शेर्पा पनि खेल्ने  जानकारि दिदै यसपाली ए लेभलको खेल मैदानमा खेलाइएको र खेल २०/२० मिनेट र फ़ाइनल ३० मिनेट हुने पनि देवकोटाले बताए । म्याच कमिसनरका रुपमा रहेका युवराज खनियाले सामान्य झैझगडा र कम्प्लेन आए पनि गेम राम्रोसंग चलिरहेको बताए ।

आयोजक टिम सिएनएफसीका अध्यक्ष नवीन दाहालले सबैथोक राम्रो रहेको । हामी धेरै प्रगति गर्नुपर्छ त्यसैले टिम ए र बि दुइवटा बनाएको थियौं तर पनि सोचे जस्तो राम्रो गर्न सकिएन । अर्को बर्ष अझै मेहनत गर्नु पर्ने त्यसका लागी कोच हाएर गरेका छौ र हप्ताको एक दिन तालिम दिइरहेका छौ आशा गरौं अर्को बर्ष केहि गर्न सकिन्छ कि । 

Total Page Visits: - Today Page Visits:
Shares