बिनायक अधिकारी :- बिगत बर्षहरुमाझैं यसबर्ष पनि अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटी (एएनएफएस) ले यस बर्ष पनि दशैं सॉंझ मनाउने भएको छ । एएनएफएसले यसपटक टिकट बिक्रिको १० प्रतिशत अष्ट्रेलियन किसानका लागी दिने भएको छ । हामीले लिन मात्रै होइन दिन पनि जानेका छौं । अध्यक्ष जीवन रानाले भने ।

कार्यक्रममा मुख्य अतिथीको रुपमा अष्ट्रेलियाको लागी नेपाली राजदुत महामहिम लक्की शेर्पा र अष्ट्रेलियाका मन्त्रिहरु आउने कुरा संस्थाका सचिव प्रविन पाठकले बताए । त्यस्तै कार्यक्रममा स्थानिय कलाकारका कार्यक्रम रहने र सदस्यका लागी $२५ र सदस्य नहुनेहरुका लागी $३० शुल्क लाग्ने र त्यसमा ३ भिन्न प्रकारका खाना रहने कुरा पाठकले बताए । संस्थाकी सदस्य खुश्बु न्यौपानेले पाठशालाका बालबालिकाहरुको नृत्य संगै रहेको र बिशेषत सबैको साझा संस्था भएकाले सबैजना मीलेर रमाइलो गर्न सबैलाइ अनुरोध गरेकी छिन ।

अक्टुवर ६ तारिख सनिवारका दिन बेलुका ५ बजे देखि १० बजे सम्म हुने कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रम १०० कमन्वेल्थ एभ्येन्यू यारालुम्ला मा हुनेछ । कार्यक्रमलाइ हिमालयन बिजनेस ग्रुप, जेबि एजुकेशन, भरिया ग्रुप, एजुकेशन एम्बेसी, हंग्री बुद्ध, गौली इभेन्ट्स, टिडब्लुजिजि क्यानबेरा र गोल्डन स्पुन क्याफे रहेका छन् त्यस्तै सहयोगीहरुमा एनआरएनए अष्ट्रेलिया, क्यानबेरा नेपलिज भलिवल क्लव, क्यानबेरा नेपलिज क्रिकेट क्लव, क्यानबेरा नेपलिज फुटवल क्लव रहेका छन् भने मीडिया पार्टनरमा मेरो कपुरी क र सिएमएस रेडियो रहेका छन् ।

546DB1F3-7F97-4D68-A679-FA2B54F35A6B-300x200 एएनएफएसको दशैं सॉंझ हुदै : टिकटको दश प्रतिशत रकम अष्ट्रेलियन किसानलाइ ।

Total Page Visits: - Today Page Visits:
Shares