बिनायक अधिकारी :- क्यानबेरामा पहिलो पटक युवा लक्षित डान्स पार्टि हुने भएको छ । दि यात्री इभेन्ट्सले क्रिसमस र अंग्रेजी नयॉं बर्षको अवसर पारेर क्यानबेराका सबैलाइ मनोरन्जनात्मक कार्यक्रममा निम्तो गरेको छ । “बिदेशी तालमा नाच्छ क्यानबेरा” नामक पार्टिलाइ हिमालयन बिजनेस ग्रुपले मुख्य प्रायोजन गरेको छ । दि यात्री इभेन्ट्स क्यानबेरामा भर्खरै आएको संस्था भएपनि यसले युवा लक्षित कार्यहरु र नेपाली चलचित्र प्रदर्शन पनि गर्ने गरेको छ ।
अष्ट्रेलियाकै बिभिन्न शहरका डिजेहरुको सहभागीता रहने डान्स पार्टिमा डिजे नट्केस सिड्नी, डिजे प्रास्ता र डिजे ज्याक मेलबर्न बाट रहने छन् । १८ बर्ष उमेर भन्दा माथीका मात्र उक्त पार्टिमा सामेल हुन पाउने कुरा आयोजक सदस्य सागर पौडेलले बताए उनले सबैलाइ अनिवार्य आइडी कार्ड (लाइसेन्स, फोटो आइडी वा पासपोर्ट) लिएर आउन पनि अनुरोध गरेका छन् ।
कार्यक्रम 8 Dec 2018 सनिवारका दिन, Baltazar Night Club level 4, 17 London Circuit Canberra मा सॉंझ 8:30 बाट हुनेछ । यस कार्यक्रमको अफिसीयल इभेन्ट्स पार्टनर नेपालय इभेन्ट्स रहेको छ भने सहयोगी संस्थाहरुमा वेभटेक सलुसन, इपी माइग्रेसन अष्ट्रेलिया, डिएम लिगल, बेष्ट चोइस ट्राभल, गोल्डन स्पोन क्याफे, वेसीस एजुकेसन, ओरनपर्क टाउन क्याफे, पिक्सर एजुकेशन कन्सल्टेन्सी, भरिया ग्रुप, दएअरपिक्सल र इएन मीडिया पार्टनर रहेका छन् । टिकटको लागी www.ticketing.com.au गएर लिन सकिनेछ ।
![[Tags] 38DCB6B1-5924-401D-A146-6A253DC3507E-196x300 क्यानबेरामा दि यात्री इभेन्टको डान्स पार्टि हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/11/38DCB6B1-5924-401D-A146-6A253DC3507E.jpeg?resize=196%2C300&ssl=1)