बिनायक अधिकारी :- क्यानबेरामा हरेक बर्ष हुने काइट फेष्टिवल आज १ डिसेम्बर २०१८ का दिन सम्पन्न भएको छ । अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटिको आयोजनामा सम्पन्न भएको उक्त फेष्टिवलमा चंगा उडाउनुका साथै बारबिक्यू गरिएको थीयो । हावामा चंगा माथी पुगेको देखेर बालवालिका उत्साहित हुदै चंगा उडाएर रमाइरहेका देखिन्थे ।
कार्यक्रममा एएनएफएसका अध्यक्ष जीवन राना उपाध्यक्ष रामप्रसाद आचार्य सचिव प्रविन पाठकका साथै अन्य कार्य समिति सदस्यहरु, पूर्व अध्यक्ष डा दुर्गादत्त कणेंल, पूर्व सचिव कुमार केसी, नेपाली पाठशालाका प्रिन्सीपल अनन्त ज्ञवाली एनआरएनए एसीटिका आइसीसी सदस्य आदर्शजंग पाण्डे लगायत नेपालवाट आउनुभएका बुवाआमाहरु र अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थीयो । कार्यक्रम स्ट्रोमोलो फरेष्ट पार्कमा भएको थीयो ।
![[Tags] B24F41CC-90F6-43A7-AEE2-7E5E9D37C7FE-300x225 क्यानबेरामा चंगा उत्सवमा रमाउदै बालवालिका ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/0DF8C12F-EABC-4A53-9215-BD89A55B3087.jpeg?resize=225%2C300&ssl=1)