बिनायक अधिकारी : बलात्कार पछि हत्या गरिएकी कन्चनपूरकी १३ बर्षीया निर्मला पन्तको आजका मिति सम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन । देशैभरि निर्मला पन्तको हत्यारा पत्ता लगाउन दवाव दिइरहँदा पनि सरकार मौन रहनु पक्कै न्यायोचित होइन । 

निर्मला पन्तको हत्यारा यथासक्य जनतासामु ल्याउन माग गर्दै अष्ट्रेलियाको राजधानि क्यानबेरामा पनि स्वस्फूर्त रुपमा नेपालीहरु भेला हुने भएका छन् । सरकारलाइ दवाव सिर्जना गर्नका लागी यो बिरोध कार्यक्रम गर्न लागीएको कुरा कार्यक्रम संयोजक चन्द्र तिवारिले जानकारि दिए । क्यानबेरा तथा क्विनबियन क्षेत्रका धेरै नेपालीले यस्ता गलत संस्कारको बिरुद्ध संगठित हुन आवस्यक रहेको कुरा बताउदै उक्त कार्यक्रममा उपस्थित हुने बाचा गरेका छन् ।

कार्यक्रम 9 December आइतबारका दिन दिनको 3:30 बजे Harrison District Playing Field (closed to Harrison School) मा सबैलाइ उपस्थितिका लागी अनुरोध गरिएको छ ।

5D209B70-941E-4483-97A4-B851F6D46BE6-300x300 निर्मला पन्तको न्यायका लागी क्यानबेराका नेपाली जुट्दै ।

Total Page Visits: - Today Page Visits:
Shares