मेरो कपुरी क; ९ डिसेम्बर २०१८ :- बलात्कार पछि हत्या गरिएकी कन्चनपूरकी १३ बर्षीया निर्मला पन्तको आजका मिति सम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन । देशैभरि निर्मला पन्तको हत्यारा पत्ता लगाउन दवाव दिइरहँदा पनि सरकार मौन जस्तै देखिएको भान भएको छ ।
![[Tags] 80229E39-7D3A-4168-B16B-1A6CAEC19E1F-1024x768 क्यानबेरामा निर्मला पन्तको न्यायका लागी एेक्यबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/80229E39-7D3A-4168-B16B-1A6CAEC19E1F.jpeg?resize=640%2C480&ssl=1)
यसै सिलसिलामा आज अष्ट्रेलियाको राजधानि क्यानबेरामा स्वस्फूर्त रुपमा एेक्यबद्धता कार्यक्रम भएको छ । कार्यक्रममा क्यानबेराका बौद्धिक ब्यक्तित्वहरु, संघ संस्थाका ब्यक्तिहरु र ब्यक्तिगत रुपमा आएका थिए ।
अनौपचारिक रुपमा आयोजकको तर्फवाट बिनायक अधिकारीले संचालन गरेका कार्यक्रममा चन्द्र तिवारिले कार्यक्रमबारे जानकारि दिदै उपस्थित सबैलाइ स्वागत गर्दै धन्यवाद दिएका थिए । कार्यक्रममा डा सिताराम घिमिरे, डा दुर्गादत्त कणेंल र राजु अधिकारिले बोल्दै बालिका निर्मला पन्तको बलत्कार र हत्या जस्तो जघन्य मानबिय अपराधको यथासिध्र निस्पक्ष छानबिन गरी अपराधमा संलग्नलाई कानुन बमोजिम कारबाही नेपाल सरकार र सम्बन्धित सरकारी निकायले तुरुन्त गर्न आग्रह गर्दै चार महिना भन्दा बढि भइसक्दा पनि हत्यारा पत्ता नलाग्नु आश्चर्य भएको बताए । यस्ता घटनाक्रम दिनहुँ बढिरहेकले सरकारले रोकथामका उपायहरु जति सक्दो छिटो लागु गर्नु पर्ने बताए । क्यानबेरामा बिनायक अधिकारी र चन्द्र तिवारिले यस कार्यक्रम गरेकोमा धन्यवाद प्रदान गरेका थीए ।
![[Tags] 80229E39-7D3A-4168-B16B-1A6CAEC19E1F-1024x768 क्यानबेरामा निर्मला पन्तको न्यायका लागी एेक्यबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/C2A182D8-680A-4A23-888B-A61F25168E08.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रममा पश्चात निर्मला पन्तको हत्यारा यथासक्य जनतासामु ल्याउन दवाव सिर्जना गर्नका लागी सबै उपस्थित ब्यक्तिहरुको हस्ताक्षर सहितको एेक्यबध्ता पत्र नेपाली दुतावास क्यानबेरा मार्फत नेपाल सरकार समक्ष पुराउन पहल गर्ने कुरा आयोजक चन्द्र तिवारिले दिए ।