बिनायक अधिकारी :- नेपाली चलचित्र प्रदर्शन लागी अष्ट्रेलिया मुख्य आकर्षणको रुपमा रहेको छ । यतिबेला नेपाल लगाएत बिश्व भर नेपाली चलचित्र प्रसादको चर्चा चलिरहेको छ । अष्ट्रेलियाका बिभिन्न शहर लगाएत क्यानबेरामा पनि प्रसाद चलचित्रले आफनो प्रदर्शन गर्ने भएको छ । 

भरिया ग्रुपले प्रदर्शन गर्न लागेको चलचित्र यहि ऑंउदो १७ डिसेम्वर २०१८ सोमवारका दिन सॉंझ ६:३० बजे इभेन्ट्स सिनेमा हुने भएको छ । पछिल्लो समयमा क्यानबेरामा पनि नेपाली चलचित्रले राम्रो स्थान पाएको छ । छक्का पन्जा ३ ले पनि राम्रो ब्यापार गर्यो र प्रसाद चलचित्रले पनि राम्रो ब्यापार गर्ने आशा लिएका छौं भरिया ग्रुपका सदस्य प्रकाश श्रेष्ठले भने । 

नेपाली मन लिएर नेपालीले गरेका कार्यक्रमहरुमा सबैजना उपस्थित भएर सहयोग गर्नु हुन्छ भन्ने आशा लिएका छौं अर्का सदस्य अनिल शर्माले भने । सबैजना प्रसाद चलचित्र हेर्न आउनुहुन्छ भन्ने आशा लिएका छौं शर्माले थपे ।


9B222292-214F-4897-A955-ADD707C94B4D-1024x646 क्यानबेरामा ‘प्रसाद’ ग्रहण गर्ने दिन तोकियो ।

Total Page Visits: 1582 - Today Page Visits: 1
Shares