काठमाडौँ- विवादास्पद राजदूत लकी शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले अष्ट्रेलियाका लागि राजदूत रहेकी शेर्पालाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जानकारी दिएको हो।
माओवादी कोटामा राजदूत बनेकी शेर्पालाई उनीसँगै निकट रहेर काम गर्ने सहकर्मीले मानव तस्करीको आरोप लगाएपछि उनी विवादित बनेकी हुन्।
शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शेर्पाका गतिविधिबारे ब्रिफिङ गरेको र प्रधानमन्त्री ओलीले यसबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि जानकारी गराएका थिए।
राजदूत शेर्पालाई सरकारले स्पष्टीकरणका लागि बोलाए पनि सरकारले सोमबार उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
स्रोत : देशसन्चार डट कम