‘मिस नेपाल–२०१८’ मा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थप गरिएको छ । हिजो (नोभेम्बर २८) सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरिएको छ । अब नोभेम्बर ३० अर्थात भोलि अपरान्ह ५ बजेसम्म भोट गर्न सकिनेछ ।

उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल होल्ड गर्नेछ । अहिलेसम्मको भोट अनुसार नेपालकी सुन्दरी श्रृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया भोटमा सबैभन्दा अगाडि छिन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै श्रृंखलाले सबैलाई लिड गरिरहेकी छिन् ।

CA729FCF-7EC6-487C-85AD-E4A911B10EB6-300x300 मिस नेपाल श्रृंखलाको अनुरोध : भोट गरिरहनुस है ।

उनले सबैभन्दा धेरै ३४.९२ भोट प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका प्रतिस्पर्धी १० प्रतिशत भोटको वरिपरि छन् ।

श्रृंखलाले भोटको समय थपिएको भन्दै आफूलाई भोट गर्न पुनः आग्रह गरेकी छन् । उनले आउँदा चरणह हेड टु हेड ट्यालेन्ट राउन्डमा पनि सहयोगको अपेक्षा गरेको आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।
उनले भोट गर्ने चार तरिका भनेर उल्लेख गर्दै यी लिंक पोष्ट गरेकी छन् ।

1) Like official Miss World Nepal facebook page

2) Vote on Miss World website

3) Like and comment on the posts on Official Mobstar Account

4) Vote on Model Power Live

उनले आफ्नो फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत आफूलाई भोट गर्नका लागि बारम्बार अपिल गर्दै भोट गर्ने तरिका समेत सिकाएकी थिइन् । मोभ स्टार एपमार्फत प्रतिस्पर्धीलाई भोट गर्ने व्यवस्था मिलाइएको थियो ।  सामाजिक सञ्जाल ‘मोभस्टार’ मा गएर प्रतिस्पर्धीको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्थ्यो ।

यदि श्रृंखलाले यो टाइटल मात्रै पनि जितेको खण्डमा मिस वर्ल्डमा नेपाली सुन्दरीले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हुनेछ ।

आफ्नो पेजमा भिजिटर बढाउन उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाईभन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपादेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।

‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुँदैछ ।

CA729FCF-7EC6-487C-85AD-E4A911B10EB6-300x300 मिस नेपाल श्रृंखलाको अनुरोध : भोट गरिरहनुस है ।

तस्बिरः मिस वर्ल्डको पेजवाट

Total Page Visits: 2016 - Today Page Visits: 2
Shares