6E5AEC83-B453-49AB-B05F-FF8DCEB16C6A-225x300 यूडी कलेक्सनको नेपाली फेसन सो सम्पन्न।२८ जनवरी २०१८ : मेरो कपुरि क सम्वाददाता : अष्ट्रेलियाको राजधानि क्यानबेरामा यूडि कलेक्सनको संयोजकत्वमा पहिलो नेपाली फेसन सो सम्पन्न भयो । नेपाली परम्परागत पोशाकलाई चिनाउने र यहांका मोडललाई नेपाली पोशाक लगाएर र्याम्पमा उतार्ने उद्देश्यले गरिएको कार्यक्रममा आधा नेपाली र आधा अष्ट्रेलियाका मोडलहरुले भाग लिएका थीए ।

तोकिएको समयभन्दा केहि ढिला सुरु भएको कार्यक्रम नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानवाट सुरु भएको थीयो । कार्यक्रममा बिभिन्न चरणमा मोडलहरुलाइ र्याम्पमा क्याटवाक गराइएको थीयो ।

6E5AEC83-B453-49AB-B05F-FF8DCEB16C6A-225x300 यूडी कलेक्सनको नेपाली फेसन सो सम्पन्न।

कार्यक्रममा दर्शकहरुलाई खल्लो पन महसुस हुन नदिन नृत्य गरेर एश्वर्य रानाले रमाइलो गराइन भने सुन्दरि गायिका आयुष्का खनियाले मै छोरि सुन्दरि भन्दै मीठो गीत गाएर दर्शकहरुलाइ थप मनोरन्जन प्रदान गरिन । फेसन शोको कोरियोग्राफी यूडी कलेक्सनकी डाइरेक्टर उषा आचार्यले  गरेकी थीइन ।
कार्यक्रम ब्युटि र फेसन सम्वन्धित रहेकाले उक्त कार्यक्रममा मोडलहरुलाइ श्रृंगार पटारको ज़िम्मेवारी सुमित्रा जोशी हेयर एण्ड मेक अपकी संचालिका सुमीत्रा जोशीले गरेकी थिइन भने कार्यक्रमलाइ हिमालयन बिजनेस ग्रुप, जिइआइ कलेज, आररिएल अष्ट्रेलिया र एसपी नर्सींग कलेजले प्रायोजन गरेका थीए ।

6E5AEC83-B453-49AB-B05F-FF8DCEB16C6A-225x300 यूडी कलेक्सनको नेपाली फेसन सो सम्पन्न।
प्रबिस पोटोग्राफी, बागीना फोटोग्राफी र कृतन फोटोग्राफीले फोटोले फोटोमा सहयोग गरेका थीए भने मीडीया पार्टनरमा नेपाल न्यूज अष्ट्रेलिया र एनजेड नेपाल डट कम रहेका थीए । कार्यक्रममा द हंग्री बुद्धले मीठो खानाका साथ क्याटरिगं सेवा दिएको थीयो । कार्यक्रम सनिबार २७ जनवरि २०१८ का दिन Majura Community Hall, 2 Rosevear place, Dickson मा हुने कार्यक्रम बेलुका ७ बजेवाट भएको थीयो ।

Total Page Visits: 1185 - Today Page Visits: 1
Shares