२९ जनवरी, क्यानबेरा । अस्ट्रेलियामा आज बिभिन्न कार्यक्रमको आयोजना गरेर अस्ट्रेलिया दिवस मनाइदै छ ।

राजधानी क्यानबेरामा आयोजित ‘अस्ट्रेलिया डे’ मुख्य कार्यक्रममा शुक्रबार बिहान अस्ट्रेलियाका गभर्नर जनरल पिटर कोस्ग्रोव, प्रधानमन्त्री माल्कम टर्नबुल , मन्त्रीहरु , उच्च उच्च सैनिक तथा प्रशासनिक अधिकारीहरु, कलाकार र आज अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका केही परिवार र उनीहरूका आफन्तहरु उपस्थित थिए ।

एकजना आदिवासी अगुवाले शुभकामना दिएपछि सुरु भएको कार्यक्रममा प्रधानमन्त्री माल्कम टर्नबुलले नेपालबाट बसार्इ सरेको एक दम्पत्तिसहित ३२ जनालार्इ अस्ट्रेलियाको नागरिकताको प्रमाण पत्र बितरण गरे ।

AE9D659B-EF91-4DA7-923D-E9B0446D807D-300x180 अष्ट्रेलियाका प्रधानमन्त्रीको हातवाट लिए नेपालीले नागरिकता ।

अस्ट्रेलियाको संघीय सरकारको गृहमन्त्रालयले जनाए अनुसार आज अस्ट्रेलियाका विभिन्न तीन सय स्थानमा आयोजित कार्यक्रममा अस्ट्रेलियाले करिब १३ हजारलार्इ नागरिकता प्रदान गरेको छ ।

प्रधानमन्त्रीको हातबाट अस्ट्रेलियन नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने नेपाली दम्पत्ति शक्ति जी.सी र सुमित्रा मुखियाले आज आफ्नो लागि खुशीको दिन भएको बताएका छन् ।

शक्ति र सुमित्रा नेपालको नवलपरासीबाट ९ वर्ष अघि अष्ट्रेलिया अएका हुन् ।

राजधानी क्यानबेराको बिशेष समारोहलार्इ यहाँको एबीसी टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । जसलाई गृह मन्त्रालयको आधिकारिक फेसबुक पेजले पनि बाडेको थियो ।

प्रधानमन्त्रीको पेजमा छुट्टै लाइभ गरिएको उक्त कार्यक्रममा अस्ट्रेलियन सैनिकहरुले परेड प्रस्तुत गरेका थिए ।

रास्ट्रिय गानसँगै बिशेष महत्वकासाथ ठूलो रास्ट्रिय झण्डा फहराइएको थियो । यहाँका एक आदिवासी अगुवाले हरियो झार भित्र बालिएको आगोको सुगन्धित धुवा गभर्नर जनरल र प्रधानमन्त्रीसहित उपस्थित सबैलाई ताप्न लगाएका थिए ।

AE9D659B-EF91-4DA7-923D-E9B0446D807D-300x180 अष्ट्रेलियाका प्रधानमन्त्रीको हातवाट लिए नेपालीले नागरिकता ।

यहाँको आदिवासी चलन र विश्वास अनुसार उक्त अग्नि तापेपछि सबैलाई सुस्वास्थ्यको कामना गर्दै नयाँ ठाउँमा स्वागत गरिएको मानिन्छ ।

आजै केही अधिकारकर्मीहरु, प्रगतिशील राजनीतिककर्मीहरु तथा आदिवासीहरुले अस्ट्रेलिया दिवसको बिरोध पनि गरेका छन् ।

सिड्नीका रेड्फ्रन लगायतका स्थानमा बिहान ठूलाठूला जुलुसहरु निस्के । जहाँ आदिवासी झन्डा बोकेका सयैं मानिसहरु सहभागी भएका थिए ।

उनीहरुले आजको दिनलाई अस्ट्रेलिया पराधीन भएको दिनको रुपमा पनि ब्याख्या गरेका छन् ।

आजको दिन १७८८ मा बेलायतबाट पहिलो पानी जहाज सिड्नीको ज्याक्सन बन्दरगाहमा आइपुगेको थियो र फिलिप आर्थरले सोही दिन अस्ट्रेलियामा ब्रिटिश झन्डा गाडेका थिए ।

अस्ट्रेलिया दिवसकै पूर्व सन्ध्यामा बिहीबार साझ अस्ट्रेलियाका वर्ष ब्यक्तित्वहरु घोषणा गर्ने र सम्म्मनित गर्ने चलन पनि छ ।

स्रोत : अनलाइन खवर

Total Page Visits: 956 - Today Page Visits: 1
Shares