बिनायक अधिकारी :- लम्जुगं जिल्लाको साबिक भोटेवडार हाल सुन्दरबजार नगरपालिका स्थित श्री भक्ति नमुना मा. बि. ले आफनो स्थापनाको ५० बर्ष अर्थात स्वर्ण बर्ष मनाएको छ । बि सं २०२४ सालमा स्थापना भएको स्कुल भोटेवडारको बगैंचा बाट सिंउडीबार हुदै हाल बालुनेमा आफनो ब्यवस्थित भवनवाट औपचारिक शिक्षा प्रदान गरिरहेको छ । आफनो यो अवस्थामा आइपुग्न धेरै आरोह अवरोह सहेको स्कुलले अझैपनि कमजोर ब्यवस्थापनका कारण सोचेजस्तो सफलता भने हॉंसिल गरेको देखिदैन ।
![[Tags] 85DC94ED-852C-4BB1-B88E-3F2F582CDB03 स्वर्ण बर्ष मनाउदै भक्ति नमूना मा बि भोटेवडार ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/85DC94ED-852C-4BB1-B88E-3F2F582CDB03.jpeg?resize=640%2C427&ssl=1)
राजनीतिक खिंचातानि संगै को ठुलो भन्ने बल मिच्यॉंइमा परेको हुनाले पनि भक्ति नमुना स्कुलले भौतिक पूर्वाधार राम्रो भएर पनि नतिजा राम्रो निकाल्न सकेको छैन एक अभिवाकलले भने । खयर आजका दिनसम्म जे जस्तो रहेपनि स्वर्ण बर्षमा भने सबैतिरवाट सर सहयोग रहेको देखिन्छ । स्कुलले स्वर्ण बर्षको अवसरमा सबैलाइ सहयोग गर्न अनुरोध गरेको छ ।
बिध्यालयले स्वर्ण जयन्तीको अवसर पारेर बर्ष भरिने बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । समापनको अवसरमा स्कुलमा रंग रोगन सहित गेट निर्माण कार्य पनि भइरहेको छ । साथै साप्ताहिक रुपमा हॉंजिरि जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, ऑंखा सिविर संचालन, बिध्यालमका आजीवन सदस्य सम्मान कार्यक्रम भइरहेका छन् ।
![[Tags] 85DC94ED-852C-4BB1-B88E-3F2F582CDB03 स्वर्ण बर्ष मनाउदै भक्ति नमूना मा बि भोटेवडार ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/C89D0EC9-8801-4D16-8E4F-AE6C481269C4.jpeg?resize=640%2C453&ssl=1)
माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको प्रमुख आतित्थ्यमा हुने उद्घाटन सत्र भब्य बनाउने प्रयास भइरहेको छ भने उक्त दिनमा प्रभात फेरि कार्यक्रम सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र अक्षयकोष दाताहरुलाइ सम्मान कार्यक्रम रहेको कुरा स्वर्ण महोत्सव मूल समारोह समितिले जनाएको छ । साथै स्कुल संग सम्वन्धित सबैलाइ कार्यक्रममा उपस्थित भएर भब्य बनाउन पनि अनुरोध गरेको छ ।