मेरो कपुरी क सम्वाददाता :- भक्ति नमुना माविको स्वर्ण जयन्तीको अबसरमा उक्त बिधालयबाट २०६४ सालमा एसएलसी उत्तीर्ण भएका बिधार्थीहरुले एकमुस्ट रु १,१४,१३९ अक्षयकोषमा जम्मा गर्दै स्वर्ण महोत्सब सफलताको सुभकामना ब्यक्त गरेका छन्।देश बिदेशमा रहेका उक्त बर्षका बिधार्थीहरुले रकम जम्मा गरी आज एक कार्यक्रमका बिच बिधालयलाइ हस्तान्तरण गरेका हुन्।

D4C4AFC4-DBE6-42E0-BBA6-2C4A3CCA91DE-1024x578 स्वर्ण जयन्तीको अवसरमा बिधार्थीहरु द्वारा भक्ति नमुनालाइ रकम हस्तान्तरण ।


उक्त समारोहमा विव्यस अध्यक्ष र प्रधानाध्यापकले सकारात्मक अभियानका लागी बिधार्थीहरुलाइ धन्यबाद ज्ञापन गरे ।
उक्त अबसरमा बिधार्थीहरुले आफुहरुबिचको एकता समाज बिकासका लागी उपयोग गरेको र आफ्नो मातृ बिधालयलाइ सहयोग गर्न पाएकोमा खुशी मिलेको बताएका छन्।

D4C4AFC4-DBE6-42E0-BBA6-2C4A3CCA91DE-1024x578 स्वर्ण जयन्तीको अवसरमा बिधार्थीहरु द्वारा भक्ति नमुनालाइ रकम हस्तान्तरण ।


उनीहरुले यो सानो सहयोग सुरुवात मात्र भएको र आगामी दिनमा पनि बिधालय र समाज लाइ सहयोग गर्न आँफुहरु तत्पर रहेको कुरा जानकारी गराएका छन्।

Total Page Visits: 2052 - Today Page Visits: 1
Shares