बिनायक अधिकारी : २४ जनवरी २०१९
क्यानबेराको पुरानो संस्था अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटी (एएनएफएस) ले यस दशैं सॉंझको टिकट बिक्रिको १० प्रतिशत रकम अष्ट्रेलियन किशानका लागी दिने भनिए अनुसारको $१००० रकम अष्ट्रेलियन किसानलाइ हस्तान्तरण गरेको छ ।
![[Tags] 91F8EA79-7C91-488F-9685-BB2F9B66C4CA एएनएफएस द्वारा अष्ट्रेलियन किसानलाइ सहयोग रकम हस्तान्तरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/01/91F8EA79-7C91-488F-9685-BB2F9B66C4CA.jpeg?resize=640%2C480&ssl=1)
संकलित रकम अनुसार १०% प्रतिशतमा १००० नभएपनि हामीले संस्थावाट थप गरेर $१००० दिएका हौं । यो हाम्रो जस्तै साना संस्थाहरुको लागी रकम भन्दापनि मन ठुलो बनाएका हौं संस्थाका अध्यक्ष जीवन रानाले भने । हामीले बोले अनुसारको काम गरेका छौं यसले यहॉंको समाजसंग सर सहयोगको सम्वन्ध पनि हुने र नेपाली समाजको प्रतिनिधित्व पनि हुने हुनाले पनि हामीले यो काम गरेका हौं रानाले थपे ।
Total Page Visits: 1003 - Today Page Visits: 1