बिनायक अधिकारी : २३ मार्च २०१९

क्यानबेरा नेपलिज भलिवल क्लव(सिएनभिसि)ले क्यानबेराको लोकप्रिय लिग भलिवल खेलमा दर्ता भएको छ ।  लिग खेल्नका लागी एक्सपर्ट एजुकेशन र अजि फाइनान्सद्वारा संयुक्त रुपमा सहयोग गरि लिग भलिवलमा सहयोग गरेको छ । आज मिति २३ मार्चका दिन एक्सपर्ट र अजि फाइनान्सको कार्यालयमा लिग भलिवलका लागी ड्रेस हस्तान्तरण कार्यक्रम भएको छ । भलिवल क्लवका अध्यक्ष यूवराज खनियालाइ संयुक्त रुपमा एक्सपर्ट र अजि फाइनान्सका क्यानबेरा प्रतिनिधिले टिसर्ट हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रम सुरु गर्दै एक्सपर्टका सुवास थापाले भलिवललाइ यो सहयोग गर्ने वातावरण दिनुभएकोमा क्लवलाइ धन्यवाद दिनुभएको थियो । 

9668CE32-0A08-4130-A206-9F0478F7CB9F-1024x498 एक्सपर्ट, अजि फाइनान्स र एसबिए मोर्गेजद्वारा सिएनभिसिलाइ सहयोग ।

क्लवका अध्यक्ष यूवराज खनियाले दुवै सहयोगी संस्थालाइ धन्यवाद दिदै भोलिका दिनमा पनि सहयोग निरन्तर रहिरहन अनुरोध गर्नुभयो । यसका लागी क्लवले के कस्ता सहयोग गर्नु पर्छ त्यसका लागी आफू र क्लव तयार रहेको बताउदै संस्थाको सहयोगले गर्दा भलिवललाइ निरन्तरता दिन सहयोग रहेको र लिग भलिवल खेल्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । 

त्यस्तै एक्सपर्टका क्यानबेरा प्रमुख सागर अधिकारीले एक्सपर्टकले समाजबाटै लिएर समाजमै दिने भएकोले यो सहयोग जारि रहने बताउनुभयो । अधिकारीले भोलिका दिनमा जे जस्तो सहयोग पर्छ त्यसका लागी आफू तयार रहेकोले त्यता लागी सहकार्य गर्न अनुरोध गर्नुभएको थियो । अजि फाइनान्सका राजकुमार केसीले आफैले हुर्काएको संस्थालाइ ऑंफैले सहयोग गर्न पॉंउदा खुसी रहेको र यो निरन्तर रहने जनाउनुभयो । एनआरएनए एसीटिका उप संयोजक अशोक बस्नेतले समाजमा खेलको माध्यमवाट भाइचारा र सद्भाव कायम हुनाले खेलमा संघ संस्थाको लगानी हुनु खुसीको कुरा बताउनुभयो । कार्यक्रम कुमार केसी, कुश पन्त, कप्तान जिवन बखुन्चे सहित धेरै खेलाडीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा चिया नास्ताको ब्यवस्था गरिएको थियो ।

9668CE32-0A08-4130-A206-9F0478F7CB9F-1024x498 एक्सपर्ट, अजि फाइनान्स र एसबिए मोर्गेजद्वारा सिएनभिसिलाइ सहयोग ।

क्यानबेरा नेपलिज भलिवललाइ एसबिए मोर्गेजले पनि सहयोग गरेको छ । एसबिए मोर्गेजका प्रमुख बिवेक लोहनिले क्लवलाइ सहयोग गर्न पॉंउदा आफू खुसी रहेको र भोलिका दिनमा पनि सहयोग रहने बतॉंउदै क्लवको उज्जवल भबिष्यको निरन्तरताको कामना गर्नु भएको छ । एसबिए मोर्गेजलाइ भलिवल क्लवका सबै सदस्यहरुले अत्यन्तै खुसी हुदै धन्यवाद ब्यक्त गर्नुभएको छ । 

9668CE32-0A08-4130-A206-9F0478F7CB9F-1024x498 एक्सपर्ट, अजि फाइनान्स र एसबिए मोर्गेजद्वारा सिएनभिसिलाइ सहयोग ।

Total Page Visits: 2434 - Today Page Visits: 1
Shares