बिनायक अधिकारी : ३१ मार्च २०१९

खेलकुदबाट भाइचारा, सद्भाव र अपनत्व बढाउन हरेक दुइ दुइ बर्षमा हुने ओसिनिया स्पोर्ट्स मिट २०२० को तयारि सुरु भएको छ । केहि समय अघि क्यानबेरामा बसेको बृहत बैठकले बिभिन्न समिति र खेलका कोअर्डीनेटर तोकेको छ । 

खेलहरुमा ब्याडमिन्टनमा निरज जोशी र शुभम कडेंल, बास्केटवलमा महेश बशिष्ट र मींग्मा छिरिगं, क्रिकेटमा प्रदीप भट्टराइ र आशीष देवकोटा, रनिंगमा शेखर पन्त र नवीन पौडेल, फुटवलमा नवीन दाहाल र आशीष सापकोटा, टेनिशमा चुडामणी सापकोटा सहित भलिवलमा बिनायक अधिकारी र जीवन बखुन्छे रहनुभएको छ भने केहि खेलहरुका कोअर्डीनेटर तोकिन बॉंकि रहेको कुरा आयोजक समितिका सदस्य चुडामणी सापकोटाले बताउनुभयो ।

बैठकले मिडिया समूहमा डा बिनोद नेपाल, डा डि डि कडेंल, अनन्त ज्ञवाली, बिनायक अधिकारी, प्रदीप तिमिल्सीना, आशीष सापकोटा, आश्मा चालिसे र सृजना बस्नेत रहेका छन् । त्यस्तै अर्थ संकलन समितिमा चुडामणी सापकोटा, जीवन राना, बिनोद घिमिरे र राजकुमार केसी रहनुभएको छ । त्यस्तै स्वयंसेवक ब्यवस्थापन समितिमा कुमार केसी, राजु अधिकारी, अशोक बस्नेत, आश्मा चालिसे, बिनोद घिमिरे, चुडामणी सापकोटा, किरण दाहाल, राजु महर्जन र सेफलिका अर्याल रहनुभएको छ ।

FF6D11BD-C284-4372-9D88-C129C3E149A7-1024x768 क्यानबेरामा ओसिनिया स्पोर्ट्स मिटको तयारि सुरु ।

खेलकुदको क्षेत्रमा मेडिकल संगसंगै रहनुपर्छ । खेलाडीहरु घाइते हुने र तुरुन्त उपचार चाहिने हुनाले मेडिकल समितिमा डा पवन प्याकुरेल, डा अविनेश धिताल, मिनु राना, संगीता गौतम, शोभा ढकाल, अनिता शाक्य, प्रदीप अधिकारी र कबिन्द्र सिग्देल रहनुभएको छ । अतिथी स्वागतका समितिमा डा बिनोद नेपाल, डा डि डि कणेंल, यूवराज खनिया एएनएफएस अध्यक्ष र एनआरएनए एसीटि कोअर्डीनेटर रहनुहुनेछ ।

सांस्कृतिक समितिमा कुमार केसी, यूवराज खनिया र सम्झना सापकोटा रहनुभएको छ भने अवार्ड बितरण समितिमा राजु अधिकारी, चुडामणी सापकोटा, किरण दाहाल र आशीष सापकोटा रहनुभएको छ भने मुख्य सम्पर्क समितिमा डा डि डि कणेंल, जीवन राना, चुडामणी सापकोटा र राजु अधिकारी रहनुभएको छ भने क्यानबेरा रिजनका सबै संघ संस्थाहरु आयोजक समितिका सदस्यका रुपमा रहनेछन् ।

Total Page Visits: 2081 - Today Page Visits: 1
Shares