बिनायक अधिकारी : ३१ मार्च २०१९

क्यानबेरामा जारी पाँचौं तहको लिग क्रिकेट खेल अन्तर्गत क्यानबेरा नेपलिज क्रिकेट क्लवका कप्तान आशीष देवकोटा उत्कृष्ट ब्याट्सम्यान र उप कप्तान बसन्त भट्ट उत्कृष्ट बलर हुन सफल भएका छन् । झण्डै पॉंच महिना लामो लिग खेलमा नेपाली क्लव लगाएत अन्य बिभिन्न देशका खेलाडीहरु सम्मिलित क्यानबेराका बिभिन्न ६ क्लव सहभागी रहेका थिए । 

93C3FEE3-5FEC-479F-8879-89018BB4727F आशीष देवकोटा र बसन्त भट्ट उत्कृष्ट ब्याट्समान र बलर घोषित ।

हिजो भएको अवार्ड कार्यक्रममा अवार्ड लिदै आफुहरु अत्यन्तै खुसी रहेको र भोलिका दिनमा अझै राम्रो खेल देखाउन प्रयासरत रहने कुरा देवकोटा र भट्टले संयुक्त रुपमा बताउनुभयो । क्यानबेरा नेपालिज क्रिकेट क्लव उपविजेता हुदै डिभिजन ४ मा प्रवेस गरिसकेको छ ।

93C3FEE3-5FEC-479F-8879-89018BB4727F आशीष देवकोटा र बसन्त भट्ट उत्कृष्ट ब्याट्समान र बलर घोषित ।
93C3FEE3-5FEC-479F-8879-89018BB4727F आशीष देवकोटा र बसन्त भट्ट उत्कृष्ट ब्याट्समान र बलर घोषित ।

Total Page Visits: 1252 - Today Page Visits: 1
Shares