बिनायक अधिकारी : ३१ मार्च २०१९

एनआरएन अष्ट्रेलिया एनएसडब्लु र एनआरएन क्यानबेराको आयोजनामा अभिभावक बनभोज भेला २०१९ सम्पन्न भएको छ । सिड्नी र क्यानबेराका गरेर ७ सय भन्दा बढी अभिभावकहरु यस भेलामा सहभागी भए । क्यानबेरामा बिहान ६:३० बजे अभीभावकहरु बस चढ्ने स्थानमा पुगीसक्नु भएको थियो । सबैलाइ बनभोजमा रमाइलो गर्ने हतारो देखिन्थ्यो । ७ बजे क्यानबेरावाट फिजौरि फल्सका लागी हिडेको बस गोलबर्नमा ठुलो भेड़ो संग फोटो खिच्दै बनभोज स्थान पुगेको थियो । 

8A604BE0-2020-44E3-A645-491FDAD84691 बनभोज मेलामा अभिभावकहरु खुसी ।

बनभोज स्थलमा आफना बिभिन्न साथीभाइ भेट्न पॉंउदा अभीभावकहरु प्रफुल्ल देखिन्थे । कार्यक्रममा अभीभावकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।औपचारिक कार्यक्रममा अभिभावकहरुलाई एनआरएन न्यूसाउथवेल्सका उपसंयोजक अर्जुन केसीले स्वागत गरेका थिए भने एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, संरक्षक इन्द्रा बन, अर्का उपाध्यक्ष राजन ढुङ्गेल लगायतले सम्बोधन गर्नुभएको थिए ।

8A604BE0-2020-44E3-A645-491FDAD84691 बनभोज मेलामा अभिभावकहरु खुसी ।

बनभोज कार्यक्रममा विभिन्न लोक गीत संगीतको तालमा अभीभावकहरु नाचगान गर्नुभएको थियो भने अभिभावकहरुवाट गीत, कविता समेत प्रस्तुत भएका थिए । कार्यक्रम असाध्यै रमाइलो रहेको तर मौसम अलि राम्रो नहुदा अझै रमाइलो गर्ने धोको नपुगेको अभीभावकहरुको गुनासो थियो । अभीभावकहरुलाइ बेलुका ६:४० बजे बिहान बस चढाएकै स्थानमा सकुशल ओरालिएको थियो । सबै अभीभावकहरुले यो रमाइलो कार्यको लागी एनआरएनए एसीटिका सबै सदस्यहरुलाइ धन्यवाद दिनुभएको थियो ।

8A604BE0-2020-44E3-A645-491FDAD84691 बनभोज मेलामा अभिभावकहरु खुसी ।


8A604BE0-2020-44E3-A645-491FDAD84691 बनभोज मेलामा अभिभावकहरु खुसी ।

Total Page Visits: 1679 - Today Page Visits: 1
Shares