बिनायक अधिकारी : ३ अप्रिल २०१९

क्यानबेरा नेपलिज फुटवल क्लवले हरेक बर्ष गर्दै आएको नयॉं बर्ष कप फुटवल यस बर्ष पनि गर्ने भएको छ । अप्रिल ६ का दिन डोनर नेवरहुड ओवलमा हुने नयॉं बर्ष फुटवल कप २०१९ मा पुरुष खुल्ला, बच्चाहरुको फुटवल र महिला फुटवल खेल हुनेछन् । 

एकदिवसीय उक्त खेलको मुख्य उद्देश्य भनेको क्यानबेरामा रहेको फुटवल खेलाडीलाइ बाहिर ल्याउने, खेलसंगै नयॉं बर्षको शुभकामना आदान प्रदान गर्ने र सद्भाव, भाइचारा कायम गर्ने र संगसंगै महिला तथा बालबाल्काहरुलाइ पनि फुटवल खेलमा रुचि जोगाउनु रहेको कुरा क्लवका अध्यक्ष नवीन दाहालले बताउनुभयो । नयॉंबर्ष कपमा नेपाली दुताबास, एनआरएनए, एएनएफएस, सिएनभिसि, सिएनसिसि लगाएतका संस्थाहरु सहयोगीका रुपमा रहेका छन् ।

A1B55EFB-8819-47AD-BE6A-FE92A27E69F9-1024x465 सिएनएफसीद्वारा नयॉं बर्ष कप फुटवल आयोजना

Total Page Visits: 1737 - Today Page Visits: 1
Shares