आङ दावा जाङबु शेर्पा : पर्थ

पश्चिम अष्ट्रेलियाका नेपालीहरुको साझा छाता संगठन, नेपाली एसोसिएसन अफ वेष्टर्न (नावा) ले हरेक वर्षहरुमा झैं यस वर्ष पनि आगमी आइतबार अप्रिल १४ तारिखका दिन म्याडिङ्टनको सर्भियन कम्म्युनिटी हलमा नेपाली नयाँ वर्ष धुमधामसंग मनाउन गैरहेको छ।

नयाँ वर्ष मनाउने क्रममा नावाले खेलकूद प्रेमीहरुको खेलकूद प्रतिको मोह बढाउन, उनीहरुको रूचिलाई हौसला प्रदान गर्न र एक आपसमा सामजिक सद्भाब र भाइचारा बढाउने उदेश्यले चौथो नावा-कप क्रीकेट, चौथो नावा कप फूटबल र प्रथम ५ कि.मि. म्याराथुन दौड प्रतियोगिता भब्यताका साथ सम्पन्न गरेको छ।

DE30A5F8-C715-40B9-A6E9-786D606492BE पर्थमा नावाद्वारा आयोजित बिभिन्न खेलकूद प्रतियोगिता सम्पन्न।

यस प्रतियोगितामा क्रीकेट तर्फ रोयल अस क्रीकेट क्लब, नेपाली वारियर्स क्रीकेट क्लब, बेल्मोन्ट नेपालीज क्रीकेट क्लब, वेस्टर्न नेपालीज क्रीकेट क्लब, पर्थ नट्स क्रीकेट क्लब र पर्थ नेपाल क्रीकेट क्लब गरी जम्मा छ टीमहरुले सहभागिता जनाएका थिए भने, फूटबल तर्फ खुल्ला उमेर समूह तर्फ नेपालीज युनाईटेड फूटबल क्लब र गुर्खा बोईज फूटबल क्लब र ३५ वर्ष माथिका समूह अन्तरगत नेपाली हरियो र नेपाली रातो टीम बीच प्रतिस्पर्धा भएको थियो। त्यस्तै नावाले यस वर्ष देखि तीन भिन्न समूहहरुमा ५ कि. मि. म्याराथुन दौडको पनि आयोजना गरिएको थियो। यस प्रतियोगितामा जम्मा २२ जना धावकहरुले आफ्नो सहभागिता जनाएका थिए । उक्त दौड प्रतियोगिता स्थानिय बेल्मोन्ट स्थित टोमटो लेकमा आयोजना गरिएको थियो।

DE30A5F8-C715-40B9-A6E9-786D606492BE पर्थमा नावाद्वारा आयोजित बिभिन्न खेलकूद प्रतियोगिता सम्पन्न।

नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) का खेलकूद संयोजक श्री दिपक बस्नेत मूल संयोजक रहेको यस प्रतियोगितामा श्री सबिन रेग्मी (मोडर्न) फूटबल, क्रीकेटमा दिपक बस्नेत र म्याराथुन तर्फ श्री चुरामणी लामिछानेले संयोजन गरेका थिए ।

नेपाली एसोसिएसन अफ वेष्टर्न (नावा) द्वारा आयोजना गरिएका यी तीनै खेल बिधाहरुको नतिजा यस प्रकार रहेको छ।

फूटबल खुल्ला तर्फ:
प्रथम: नेपालीज युनाइटेड फूटबल क्लब (४ गोल)
द्वितिया: गुर्खा बोइज फूटबल क्लब (३ गोल)
सर्वोत्कृष्टा खेलाडी: दीपेन्द्र परियार (नेपालीज युनाइटेड फूटबल क्लब)
सर्वाधिक गोल स्कोरर: दीपेन्द्र परियार (नेपालीज युनाइटेड फूटबल क्लब) (३ गोल)
उत्कृष्ट मध्यपंक्ती खेलाडी: भागवत भट्टराई (नेपालीज युनाइटेड फूटबल क्लब)
उत्कृष्ट रक्षा पंक्ती खेलाडी : अनुज तिमील्सिना (गुर्खा बोइज फूटबल क्लब)
उत्कृष्ट गोल रक्षक: सुरेन लिम्बु (गुर्खा बोइज फूटबल क्लब)

फूटबल, ३५ वर्ष माथिका समूह तर्फ:
प्रथम: नेपाली हरियो टीम (५ गोल)
दोश्रो: नेपाली रातो टीम (० गोल)

DE30A5F8-C715-40B9-A6E9-786D606492BE पर्थमा नावाद्वारा आयोजित बिभिन्न खेलकूद प्रतियोगिता सम्पन्न।

सर्वोत्कृष्टा खेलाडी: दिपक बस्नेत (नेपाली हरियो टीम)
सर्वाधिक गोल स्कोरर: अशोक चौधरी (नेपाली हरियो टीम) (२ गोल)
उत्कृष्ट मध्यपंक्ती खेलाडी: नविन दंगाल (नेपाली रातो टीम)
उत्कृष्ट रक्षा पंक्ती खेलाडी: मनिष सिंह सिजापती (नेपाली हरियो टीम)
उत्कृष्ट गोल रक्षक: नविन बिडारी (नेपाली हरियो टीम)

५ किलोमिटर म्याराथुन दौडको ३५ वर्ष माथिको समूह अन्तर्गत:
प्रथम: चिरन्जिबी कंडेल (२१ मिनेट ४५ सेकेन्ड)
द्वितिया: मनिष सिंह सिजापती (२२ मिनेट ३२ सेकेन्ड)
तृतिया: दिपक बस्नेत: (२२ मिनेट ३६ सेकेन्ड)

५ किलोमिटर म्याराथुन दौडको महिला समूह अन्तर्गत:
प्रथम: सबिता बस्नेत (२४ मिनेट २१ सेकेन्ड)
द्वितिया: रक्षा बस्नेत (२५ मिनेट ५२ सेकेन्ड)
तृतिया: स्यान्डी श्रेष्ठ (३० मिनेट ५८ सेकेन्ड)

त्यस्तै ५ किलोमिटर म्याराथुन दौडको खुल्ला समूह अन्तर्गत:
प्रथम: सचिन भण्डारी (१९ मिनेट २० सेकेन्ड)
द्वितिया: बिजय आ चा र्या (१९ मिनेट ४५ सेकेन्ड)
तृतिया: टेक मगर (१९ मिनेट ४७ सेकेन्ड)

क्रीकेट तर्फ्
प्रथम: पर्थ नेपाल क्रीकेट क्लब (७ विकेटले विजयी)
द्वितिया: नेपाली वारियर्स क्रीकेट क्लब

पहिलो खेल: नेपाली वारियर्स (विजेता) vs. वेस्टर्न नेपालीज
म्यान अफ द म्याच: समीर पौडेल- नेपाली वारियर्स क्रीकेट क्लब

दोस्रो खेल: बेल्मोन्ट नेपालीज vs. पर्थ नेपाल (विजेता)
म्यान अफ द म्याच: उत्सव ठकुरी – पर्थ नेपाल क्रीकेट क्लब

तेस्रो खेल: नेपाली वारियर्स (विजेता) vs. रोयल अस
म्यान अफ द म्याच: रोनाल्ड डल्लाकोटी – नेपाली वारियर्स क्रीकेट क्लब

चौथो खेल: बेल्मोन्ट नेपालीज (विजेता) vs. पर्थ नट्स
म्यान अफ द म्याच: सिमित लिम्बु – बेल्मोन्ट नेपालीज क्रीकेट क्लब

पाँचौं खेल: रोयल अस vs. वेस्टर्न नेपालीज (विजेता)
म्यान अफ द म्याच: दिनेश थापा – वेस्टर्न नेपालीज क्रीकेट क्लब

छैटौं खेल: पर्थ नट्स vs. पर्थ नेपाल (विजेता)
म्यान अफ द म्याच: उत्सव ठकुरी – पर्थ नेपाल क्रीकेट क्लब

पहिलो सेमिफाइनल खेल: नेपाली वारियर्स (विजेता) vs. बेल्मोन्ट नेपालीज
म्यान अफ द म्याच: आशिष श्रेष्ठ – नेपाली वारियर्स क्रीकेट क्लब

दोस्रो सेमिफाइनल खेल: पर्थ नेपाल (विजेता) vs. वेस्टर्न नेपालीज
म्यान अफ द म्याच: सन्जय चौधरी – पर्थ नेपाल क्रीकेट क्लब

फाइनल खेल: नेपाली वारियर्स क्रीकेट क्लब vs. पर्थ नेपाल क्रीकेट क्लब (विजेता)
म्यान अफ द म्याच: उत्सव ठकुरी – पर्थ नेपाल क्रीकेट क्लब

बेष्ट ब्याट्स म्यान अफ द टुर्नामेन्ट: रोनाल्ड डल्लाकोटी (नेपाली वारियर्स क्रीकेट क्लब)
बेष्ट बलर अफ द टुर्नामेन्ट: उत्सव ठकुरी (पर्थ नेपाल क्रीकेट क्लब)
बेष्ट प्लेयर अफ द टुर्नामेन्ट: उत्सव ठकुरी (पर्थ नेपाल क्रीकेट क्लब)
बेष्ट विकेट किपर अफ द टुर्नामेन्ट: छिरिङ दोर्जे (पर्थ नेपाल क्रीकेट क्लब)
बेष्ट फिल्डर अफ द टुर्नामेन्ट: सुप्रीत प्रधान (पर्थ नेपाल क्रीकेट क्लब)

यसै प्रतियोगिता अन्तर्गत रोयल अस vs. वेस्टर्न नेपालीज भएको खेलमा वेस्टर्न नेपालीज क्रीकेट क्लबका खेलडी श्री दिनेश थापाले प्रतियोगिता कै एक्लो मेडन शतक रन जोड्न सफल भए।

बिजेता टीम तथा खेलाडीहरुलाई आगमी अप्रिल १४ तारिख, आइतबारका दिन आयोजना हुन लागिरहेको नयाँ वर्ष कार्यक्रममा विशेष समारोहका बीच पुरस्कार तथा प्रमाण पत्र बितरण गरिने छ।

DE30A5F8-C715-40B9-A6E9-786D606492BE पर्थमा नावाद्वारा आयोजित बिभिन्न खेलकूद प्रतियोगिता सम्पन्न।

Total Page Visits: 1343 - Today Page Visits: 1
Shares