बिनायक अधिकारी : क्यानबेरा
नेपाली नयॉं बर्ष २०७६ को अवसर पारेर क्यानबेरा र क्विनबियनका यूवा बर्गले नयॉं बर्षको अघिल्लो दिन १३ अप्रिलमा सम्पूर्ण समुदायलाइ निम्तालुलाइ बारबिक्यू गर्ने भएका छन् ।
बिशेष गरेर क्यानबेरामा बढ्दो नेपाली आप्रवासीहरुको बसाइँ- सराइलाई ध्यानमा राख्दै, यस ठाउँमा भएका नेपाली व्यक्तित्वहरू एबं संघ-संस्थाहरुको सामान्य परिचय, यी संघ संस्थाहरुबाट व्यक्तिगत रुपमा लिन सकिने सुविधाहरु, स्वेच्छिक रुपमा यी संस्थाहरुमा स्वतस्फुर्तरुपमा सकिने सामाजिक कार्यहरुको बारेमा सामान्य जानकारी कार्यक्रममा दिने कुरा आयोजकहरुले बताएका छन् ।
हामी नेपाली दाजुभाई तथा दिदिबैनीहरु बीचको आत्मीयता सुदृढ गर्नेका लागी गरिएको बारबिक्यू कार्यक्रममा यहॉं र यहॉंको संस्थाका प्रतिनिधिहरु उपस्थित भइदिनुहुन हार्दिक अनुरोध सूचनामा गरिएको छ ।
कार्यक्रम निम्न मिति, स्थान र समयमा उपस्थित हुनका लागि पुन: सादर अनुरोध गर्दछौं ।
स्थान: वेस्टर्न पार्क, यारालुम्ला ।
मिति: १३ अप्रिल २०१९
समय: ११:००- ४:०० बजे
पुनश्च मा भनिएको छ : यो कार्यक्रम विशुध्द रुपमा भेटघाट एवं चिनजान गर्नका लागि आयोजना गरिएको हो। हाम्रो उद्देश्य भनेको निस्वार्थ सामाजिक सहिष्णुता, भाइचारा, समन्वय र सहयोग निरन्तरता गर्नका लागि नै हो ।